१९ बैशाख २०८१, बुधबार
नेपालगन्ज महोत्सवमा रोकियो जुवा


नेपालगञ्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा अवैध रुपमा सञ्चालित  जुवा रोकिएको छ । महोत्सवमा अवैध जुवा सञ्चालन भएपनि प्रहरी भने मूकदर्शक बनेको समाचार नेपाल रेकर्डमा प्रकाशित भएको थियो । समाचार प्रकाशन सँगै बिहिवारको मेलामा जुवा रोकिएको हो । महोत्सवका आधा दर्जन स्थानमा फिरफिरे रिङ, तिर र रिङ लगायतका जुवा खेलाइएको थियो ।  

जुवा सञ्चालकहरूले बिभिन्न प्रलोभन ( डबल ट्रिपल ) दिने भन्दै पैसा थप्न लगाएको र सबै पैसा लुटेको दर्शकहरूले गुनासो गरेका थिए । बिहिवारको मेलामा जुवा पूर्ण रुपमा रोकिएको मेलामा सहभागी एक दर्शकले नेपाल रेकर्ड लाई जानकारी दिए ।
महोत्सवको सुरक्षामा रहेका एक प्रहरी जवानले जुवा पूर्ण रुपमा नियन्त्रण गर्न माथिको आदेश आएको समेत जानकारी दिए ।

यो पनि पढ्नुहोस । 

छैठौं नेपालगन्ज महोत्सवमा खुलेआम जुवा,प्रहरी  मूकदर्शक 

Nabintech