१७ बैशाख २०८१, सोमबार
सडक मर्मत सम्भारका लागि खजुरा गाउँपालिकाद्धारा जेसिबि खरिद


बाँकेको खजुरा गाउँपालिकाले जेसिबी खरिद गरेको छ । बाँके खजुरा गाउँपालिका भित्र सडक निर्माण, विस्तार, स्तरवृद्धि , मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद गरेर ल्याइएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान) ले बताएका छन ।

स्थानीय सरकारलाई बिकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने भएकाले जेसीबी पनि खरिद गरिएको खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना मगरले बताएका छन ।

चालू आर्थिक वर्षको ४४ लाख ९८ हजार रुपियामा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक बर्षको बजेटबाट गाउँपालिकाले जेसीबी खरीद गरेको हो । जेसीबी खरीद गरेपछि पालिका अन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Nabintech