२१ बैशाख २०८१, शुक्रबार
छानबिन प्रतिवेदन सार्वजनिक : कर्मचारी र शिक्षक लाई कार्यवाही गरिने 

उत्तर पुस्तिका नै साटफेर गर्ने देखी उत्तर पुस्तिका जाँचमा गम्भिर लापरवाही



कोहलपुर नगरपालिकाको आधारभुत तह कक्षा ८ को नतिजा प्रकाशनका क्रममा शिक्षा शाखाको गम्भिर कमजोरी भएको तथ्य फेला परेको छ । कोहलपुर नगर पालिकाले गठन नतिजा छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सार्वजनिक गर्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले गम्भिर कमजोर भएको पाइएको बताएका हुन । उनले उत्तर पुस्तिका नै साटफेर गर्ने देखी उत्तर पुस्तिका जाँचमा गम्भिर लापरवाही भएको बताए । उनले कोहलपुर सिटी पब्लिक एकेडेमिकका ६ जना विद्यार्थीको कपी नै साटफेर गरिएको पाइएको बताए ।
नगर प्रमुख आचार्यले छानबिन समितले तयार पारेको प्रतिवेदनमा  शिक्षा शाखाले उत्तर पुस्तिका जाँचका क्रममा शिक्षकहरूको रोष्टर नबनाई भद्रगोल तवरले उत्तर पुस्तिका जाँच गरेको , सामुदायिक भन्दा संस्थागत विद्यालयका शिक्षकहरू लाई अत्याधिक मात्रामा उत्तर पुस्तिका जाँचमा लगाइएको , जाँच भएको पुस्तिकाका नम्बर ईन्टी गर्दा गम्भिर लापरवाही गरेको भेटिएको, जुन विद्यालयको कपी हो सोही विद्यालयका शिक्षक लाई कपि जाँच गर्न दिईएको बताए ।  

छानबिन समितिले प्रश्नपत्र निर्माण देखी उत्तर पुस्तिका जाँच , नतिजा प्रकाशन र उत्तर पुस्तिका परिक्षण र सम्परीक्षण गरेको थियो । सो क्रममा कमजोरी गरेका आशंकित र जिम्मेवार अधिकारी सहित २० जना सँग बयान समेत लिइएको प्रमुख आचार्यले जानकारी दिए  । उत्तर पुस्तिका परिक्षण का क्रममा केही विद्यार्थी पास भएका लाई फेल बनाइएको र फेल भएका विद्यार्थी लाई पास गराइएको तथ्य भेटिएको छ ।

केही मानवीय  र केही नियतबस यस्तो भएको पाइएकाले आवश्यक कार्यवाहीको सिफारिस गरिएको छ ।नगर प्रमुख आचार्यले १० वटा उजुरी परेका विद्यालयको सम्पूर्ण उत्तर पुस्तिका जाँच गर्दा सिटी पब्लिक  विद्यालयको मात्र गम्भिर गल्ती फेला परेको जानकारी दिए । नतिजा हेरफेर गर्न विद्यालयको समेत संलग्नताको आशंका रहेकाले उक्त विद्यालयका सञ्चालक लाई पनि छानबिनको दायरामा ल्याइएको प्रमुख आचार्यको भनाई छ । 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले छानबिन समितिको प्रतिवेदन कोहलपुर नगर कार्यपालिकाले पास गरि कार्यवाहीको समेत सिफारिस गरेकाले कानुनी कार्यवाहीको प्रक्रियामा जाने जानकारी दिए  । नगर प्रमुख आचार्यले गम्भिर गल्ती गरेका केही विरुद्ध आइतबार नै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिइने र केही लाई निजामती कर्मचारी ऐन अन्तरगत कार्यवाही हुने जानकारी दिए । जस अन्तरगत शिक्षा शाखा प्रमुख राम बहादुर हमाल लाई सचेत बनाउँदै काज फिर्ता ,  अधिकृत रबि लाल मिजार लाई निलम्बन सहित थप कार्यवाहीको तयारी गरिएको छ । 

कपी जाँचमा लापरवाही गर्ने शिक्षकहरू लाई पनि कार्यवाहीको दायरामा ल्याइने नगर प्रमुख आचार्यले बताए ।

Nabintech