२२ बैशाख २०८१, शनिबार
स्वास्थ्यमन्त्री पुन द्धार बर्दिया अस्पतालमा डायलासिस सेवा शुभारम्भ 


प्रदेश मातहतमा रहेका अस्पतालहरू मध्ये उत्कृष्ट सेवा प्रवाह गर्दै आएको जिल्ला अस्पताल बर्दियाले हेमोडायलासिस सेवा सुरु गरेको छ । हेमोडायलासिस सेवाको मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले उद्घाटन गरेका हुन ।

उनले लुम्बिनी प्रदेश सरकार प्रदेशभरिका अस्पतालहरूको क्षमता वृद्धि र सेवा सुधार गर्दै उत्कृष्ट स्वास्थ्य सेवा दिन तत्पर रहेको बताए । हेमोडायलासिस सेवा सञ्चालनका लागि प्रदेश र संघीय सरकारले आर्थिक र भौतिक सहयोग उपलब्ध गराएको उनको भनाई थियो । जिल्ला अस्पताल बर्दियाका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभास पाण्डेले हेमोडायलासिस सेवा चौबिसे घण्टा सञ्चालन हुने पनि डा। पाण्डेले जानकारी दिए ।

सेवामा दुई जना चिकित्सकसहित दश जना स्टाफ नर्स खटिएको उनको भनाइ छ । डायलासिसका लागि अव बर्दियाका बिरामी नेपालगन्ज धाउनु पर्ने बाध्यता कम हुने पाण्डेले बताए ।

 

Nabintech