१८ बैशाख २०८१, मंगलवार
कोहलपुर नगरपालिकाको फोहर मैला व्यवस्थापनमा फेरी बिवाद

नगरपालिका अनुदान दिने वडा अध्यक्षले ताला लगाउने



कोहलपुर (बाँके)/ कोहलपुर नगरपालिका र जटायु रिसाईकलर्स प्रालिले साभेदारीमा कोहलपुर नगरपालिका वडा नं ९ मा सञ्चालन गर्न लागेको फैहरमैला व्यवस्थापन केन्द्रमा जनप्रतिनिधीहरुले ताला लगाईदिएका छन । कोहलपुर ९ का वडा अध्यक्ष ठाकुर प्रसाद थारुको नेतृत्वमा गएका वडाका जनप्रतिनिधि र स्थानीयले फोहर मैला व्यवस्थापन केन्द्रमा ताला लगाई दिएका हुन ।
वडा अध्यक्ष थारुले आफुले भैंसी पालन र्फम सञ्चालनका लागी मात्रै सिफारिस गरेको र हाल फोहर मैला व्यवस्थापनको काम सुरु गरेकाले ताला लगाउनु परेको बताए । उनले फोहरको दुर्गन्ध गाउँ सम्म गएको र गाउँमा अत्याधिक हरिया माखाहरु लागेकाले सो फोहर मैला अन्यत्र सार्न र अव देखि उक्त स्थानमा कुनैपनि फोहरहरु नल्याउन चेतावनी दिए । कोहलपुर नगरपालिकाको कार्यपालिका बैठक र कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई पटक पटक सो बारेमा ध्यानाकर्षण गराउँदा पनि अटेरी गरेकाले ताला लागाउन बाध्य भएको उनको भनाई छ ।
सो फोहर मैला व्यवस्थापन केन्द्रको एक कुनामा केही भैसी पालका लागी डुडहरु समेत निर्माण गरिएको छ ।


कोहलपुर ९ का वडा सदस्य बलिराम अहिरले आफुहरुले फोहर जन्य कुनैपनि काम सो स्थानमा हुन नदिने बताए । उनले आफुहरु जिल्ला प्रशासन कार्यालय सम्म पुगेको भन्दै अव अन्यत्र नजाने तर सो स्थानमा फोहर ल्याउन कुनैपनि हालतमा नदिने बताए ।
स्थानिय युवा नरेन्द्र हरिजनले सो स्थापनमा फोहर मैला नल्याउनका लागी आग्रह गरिएको बताउदै आगामी दिनमा फोहर ल्याए स्थानियले फोहर बोक्ने गाडी जलाई दिने चेतावनी दिए । पटक पटक खवरदारी गरियो अव हाम्रो कुरा सुनावाई भएन अव हामी फिल्डमा अवरोध गर्छाैं उनले भने ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले फोहर मैला व्यस्थापन केन्द्र वडा अध्यक्षको नेतृत्वमा ताला लगाएको बारे आफुहरुलाई जानकारी नभएको बताए । फोहर मैला व्यवस्थापन केन्द्र सञ्चालनका लागी अनिवार्य वातावरणी प्रभाव मुल्याकन हुनु पर्ने बारे जिज्ञासामा उनले आफु हालसालै मात्रै कार्यालय प्रमुखको रुपमा आएकाले सो फाईल अध्यन गर्न नपाएको बताउदै ३ बर्ष अधि देखिको प्रक्रिया भएकाले सो प्रक्रिया पुरा भई सकेको हुनुपर्ने बताए । उनले वडा अध्यक्षको जानकारी बिना कसरी वातावरणीय प्रभाव मुल्याकन भयो भन्ने जिज्ञासा बारे भने आफुलाई जानकारी नभएको बताए । वडा अध्यक्ष ठाकुर प्रसाद चौधरीले फोहर मैला व्यवस्थापन केन्द्र र वातावरणीय प्रभाव मुल्याकन बारे जानकारी नै नभएको बताउदै आएका छन ।

प्रमुख प्रशासकिय अधिकृत ढकालले साझेदारी काम अन्र्तगर्त हाल सम्म सो कम्पनिले १ करोडको हारहारीमा रकम लगेकोे जानकारी दिए । सो रकम भने जटायुले साझेदारका लागि जम्मा गरेको रकम मध्येकै भएको र नगरपालिकाको तर्फबाट भने कुनै रकम खर्च भई नसकेको उनको भनाई थियो ।
जटायु रिसाईकलर्स प्रालिका सञ्चालक हरि शरण केसीले कोहलपुर नगरपालिकाले सम्झौता अनुसारको काम नगर्दा समस्या पैदा भएको बताए । उनले कोहलपुर नगरपालिको फोहर फाल्ने डम्पिङ साईड उपलब्ध नगराएको र सम्झौता अनुसार फोहर मैला प्रशोधन गर्ने मेसिन किन्न रकम नदिदा समस्या पैदा भएको दाबि गरे । उनले फोहर मैला प्रशोधन केन्द्र सञ्चालनका लागि वडा अध्यक्ष ठाकुर प्रसाद चौधरीले बातावरणीय प्रभाव मुल्याकन रिपोटमा सिफारीस तथा हस्ताक्षर गरेको दाबि गरेका छन । उनले हिजो हस्ताक्षर गरेर आज थाहा छैन भन्नु बेईमानि भएको बताए ।
उनले हाल सम्म फोहर मैला व्यवस्थापनका लागी साझेदारीका क्रममा कोहलपुर नगरपालिका बाट डेढ करोड आफ्नो कम्पनिले लगेको समेत जानकारी दिए । डेढ करोड लगेको भएपनि साझेदारीका लागि आफुले सुरुमा ९५ लाख ३६ हजार रकम कोहलपुर नगरापलिका जम्मा गरेको उनको भनाई छ ।
बिवादका बिच आफुले अगामी दिनमा सो स्थानमा फोहर नफाल्ने बताउदै उनले छिटै प्रसोधन मेसील ल्याएपनि प्रसोधित फोहर मात्रै सो स्थानमा लैजाने नेपाल रेकर्ड लाई बताए ।

 

Nabintech