१८ बैशाख २०८१, मंगलवार
कार्ययोजना नविकरण गर्न अबैध रकम तिर्नु पर्ने गरेको वन उपभोक्ता समितिको गुनासो


कोहलपुर/सामूदायिक वनहरुको बार्षिक कार्ययोजना नबिकरण गर्न ठुलो मात्रामा अबैध रकम तिर्नु पर्ने गरेको सामुदायिक बन उपभोक्ता समितिले बताएका छन ।
बैधानिक तवरले शुल्क तिनु नपर्ने भएपनि कार्ययोजना नबिकरणका लागी आउने बन कार्यालयका रेन्जर लगायतका कर्मचारीहरुलाई पोस्न ठूलो रकम खर्च गर्नु पर्ने बाध्यता रहेको कोहलपुर ७ मा रहेको शक्ति सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष चित्र बहादुर बोहराले जानकारी दिए ।
बिगतमा खान पिन गर्दा १० देखि १५ हजार पर्ने गरेकोमा पछिल्लो समय १ देखि डेढ लाख सम्म खर्च हुने गरेको उनले बताए ।
बार्षिक रुपमा ठूलो अबैध रकम कर्मचारीलाई खर्च गर्दा सामूदायिक बन उपभोक्ता समूहले गर्ने गर्दा अन्य सामूदायिक कामहरुमा असर पर्ने गरेको गुुनासो गरे ।
सव डिभिजन बन कार्यालय कोहलपुर अन्र्तगतका सामूदायिक वनहरुको नविकरणमा ठुलो रकम खर्चहुने गरेको उनिहरुको भनाई छ । खाजा,नास्ता, खाना , फ्युल को बहानामा आफुहरुबाट वन प्राविधिकले रकम असुली गर्ने गरिएको बोहराको भनाई छ ।
कोहलपुर क्षेत्र तिन दर्जन हाराहारीमा सामुदायिक बनहरु रहेका छन । यस अघि निमित्त कार्यालय प्रमुख रहेका मान बहादुर थापाले कोहलपुर क्षेत्रका सामुदायिक बनहरुमा कार्ययोजना नबिकरणका नाममा आंतक मच्चाएको उनिहरुको आरोप छ ।
सहन सक्ने जति त आफुहरुले सहेको भन्दै आरती सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष नारायनी थारुनीले सब डिभिजन बन कार्यालय कोहलपुरका यस अघि निमित कार्यालय प्रमुख भएर काम गर्दै आएका रेन्जर मान बहादुर थापाले बिभिन्न बहानामा आफुहरुलाई आतंकित बनाएर पैसा असुलिन गर्ने गरेको आरोप लगाईन ।
उनले हाल नयाँ कार्यालय प्रमुख आएपछि सो आंतक बन्द हुने अपेक्षा रहेको गुनासो गरिन ।
पछिल्लो समय सामुदायिक बनहरुमा चोरी तस्करी बढेको र नियन्त्रणका लागी सरोकारवला निकायले उचित ध्यान दिन नसकेको गुनासो उनिहरुले गरेका थिए । थापाले वन क्षेत्रबाट अवैध धन्दा चलाएको समेत उनको आरोप छ ।

Nabintech