१८ बैशाख २०८१, मंगलवार
बाँके बर्दिया लगायत समग्र लुम्बिनीको विकासको नेतृत्व लिन्छु :मन्त्री नमुना


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी नेतृ एंव लुम्बिनी प्रदेशकी बिना बिभागीय मन्त्री कृष्णा केसी नमुनाले बाँके बर्दिया लगायत समग्र लुम्बिनी प्रदेशको बिकासको लागी नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताएकी छन । बिना बिभागीय मन्त्रीमा सपथ ग्रहण लगतै सञ्चारकर्मिहरु संगको कुराकानिमा नमुनाले सो कुरा बताएकी हुन ।
उनले सहिद तथा बेतत्ता परिवारको भावना , उत्पिडीत जाति तथा समुदायको भावना अनुसार आफुले पार्टीको निदेशनमा आफ्नो भुमिका निर्वाह गर्ने बताईन । उनले माओवादीको तर्फ बाट बाँके र बर्दियामा जनप्रतिनिधी बिहीन भएको अवस्थामा दुवै जिल्लाको जनताको भावना अनुसार बिकास र निर्माण लाई प्राथमिकतामा राखेर काम गर्ने बताईन ।
नेतृ नमुनाले पार्टीमा हिजो आफु संग को नजिक र को टाढा थियो भन्ने भन्दा पनि समग्र कार्यक्रर्ता र जनताको भावना अनुसार काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन । उनले पार्टी भित्रका सबैखाले गुट र स्वार्थ समुह भन्दा माथि उठेर काम गनु पर्ने भन्दै फराकिलो सोचका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
सञ्चारकर्मी संगको भेटमा उनि भावुक हुदै जनयुद्धका सहिद तथा बेपताको सपना , उत्पीडीत जाती र समुदायका सपना पुरा गर्न आफु लागी पर्ने प्रतिबद्धता जनाईन ।

Nabintech