१८ बैशाख २०८१, मंगलवार
बाँकेको सुरक्षा कमाण्डको नेतृत्व समाले एसपी राठौरले


बाँके । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पुस ४ गतेको पत्रादेशले बाँके जिल्लाको सम्पुर्ण सुरक्षालाई सम्हाल्न प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय बाँके आइपुगेका छन्  । एसपी राठोर सोमबार आफुले पाएको जिम्मेवारीलाई सफलता पुर्वक पुरा गर्ने बाचा सहित जिप्रका बाँकेमा आईपुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा काजमा सरुवा भई आएका प्रहरी उपरीक्षक राठौरलाई उनकै कार्यकक्षमा स्वागत गरिएको छ । स्वागत पश्चात जिल्ला प्रहरी कार्यालयको सम्पुर्ण चार्ज प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बुझेका छन् । बुझबुझारथ पश्चात प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरले स्वागत मन्तब्य राखेका थिए ।

प्रहरी निरीक्षक चक्र बहादुर डम्मरपालले बाँके जिल्लाको बस्तुस्थितिको बारेमा सामान्य प्रस्तुतिकरण प्रस्तुत गरेका थिए । उक्त स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी युनिटहरुबाट आएका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवान, हवल्दारहरुलाई प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले निर्देशन समेत दिएका छन् ।

Nabintech