१८ बैशाख २०८१, मंगलवार
पहिरो खस्दा लमही कोहलपुर सडक अवरुद्ध


तीन दिनदेखि लगातार परेको वर्षाका कारण महेन्द्र राजमार्ग लमही कोहलपुर सडक अवरुद्ध छ ।

लमही नगरपालिका वडा नम्बर ९ च्याउखोला भन्ने स्थानमा हिजोदेखि पहिरो खसिरहेकाले बाटो अवरुद्ध भएको सशस्त्र प्रहरी बल नेपाल नं। ४१ कपिलवस्तु दाङका प्रमुख अरविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सडकमाथिबाट लेदोसहितको पहिरो निरन्तर खसिरहेको छ । पहिरो हटाउन डोजर परिचालन गरे पनि पहिरो खस्न नछाडेको उहाँले बताउनुभयो ।

पहिरो सडकमा थुप्रिएकाले हटाउन समस्या भएको छ । ‘पहिरो हटाएको एकैछिनमा फेरि खस्छ । पहिरो खस्दा जोखिम भयो । राजमार्ग अवरुद्ध हुदा दर्जनभन्दा बढि सवारीसाधन अलपत्र अवस्थामा छन् ।।

 

Nabintech