१८ बैशाख २०८१, मंगलवार
कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय :भाद्र १२ मा उद्धघाटन हुने


कोहलपुर/ नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरको कार्यालय भवनको भाद्र १२ गते उद्धघाटन गरिने भएको छ ।
मालपोत कार्यालय बाँकेका प्रमुख छबि नेपालीले भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भाद्र १२ गते कोहलपुरमा शाखा कार्यालयको उद्धघाटन गर्ने जानकारी दिए ।
कार्यालय प्रमुख नेपालीका अनुसार कोहलपुर नगर बिकास समितीको हाता भित्र रहेको एक भवनमा कार्यालय उद्धघाटन गर्न लागिएको हो । सो भवनको बुधवार मालपोत कार्यालय बाँकेका प्रमुख नेपाली , नापि कार्यालय प्रमुख , कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य , कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिका राम ढकाल , नेपाली काँग्रेसका नगर सभापति एंव कोहलपुर १२ का अध्यक्ष बिरेन्द्र शाह , माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का लगायतले निरीक्षण गरेका थिए ।
निरीक्षण पछि १२ गते कार्यालय उद्धघाटन गर्ने र सो भन्दा अघि र पछि पनि भवनको र्ममत सम्भार गरेर कार्यालय सञ्चालनमा ल्याईने कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले बताए ।
माओवादी केन्द्रको बिशेष पहलमा नापि तथा मालपोत कार्यालयको शाखा कार्यालय कोहलपुरमा आउन लागेको हो ।
सो कार्यालय कोहलपुरमा ल्याउनका लागी अर्थ मन्त्री जर्नदन शर्मा , भुमि व्यवस्था तथा सहकारी मन्त्री शशि श्रेष्ठ , बाँके क्षेत्र नं १ का सांसद एंव युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक , माओवादी केन्द्रका युवा नेताहरु नरेन्द्र न्यौपाने , तुलाराज बिष्ट बिहानी , अवराज खड्काले पहल लिएका थिए ।
सो कार्यालय कोहलपुरमा सञ्चालनमा आए संगै कोहलपुर , बैजनाथ र राप्ती सोनारीका जनता लाई नेपालगंज जाने झण्झट बाट मुक्ति मिल्ने छ ।
नापि तथा मालपोत कार्यालय सञ्चालनमा आएपनि कोहलपुर क्षेत्रको आर्थिक गतिबिधीमा बढावा आउने बिश्वास छ ।
माओवादी केन्द्रको पहलमा यस अघि कोहलपुरमा बिधुलको शाखा कार्यालय र ईलाका प्रशासन कार्यालयले सेवा दिई रहेको छ । बिधुत कार्यालय तत्कालीन उर्जा मन्त्री जर्नादन शर्मा प्रभाकर र ईलाका प्रशासन कार्यालयको तत्कालीन गृह मन्त्री शक्ति बहादुर बस्नेतले सञ्चालनमा ल्याएका थिए ।
कोहलपुरबासी जनताको तिब्र प्रतिक्षारत बिषय पुरा हुन लागेको भन्दै माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले खुशि व्यक्त गरे ।

Nabintech