१८ बैशाख २०८१, मंगलवार
सगरमाथा ज्ञानकुञ्ज बिद्यालयको अध्यक्षमा अर्जुन पौड्याल चएन


कोहलपुर/सगरमाथा ज्ञानकुञ्ज मा.बि.कोहलपुर ४ को अध्यक्षमा अर्जुन पौड्याल चएन भएका छन ।

शनिबार सम्पन्न अभिभावक भेला बाट चएन भएको बिद्यालय व्यवस्थापन समितीको पहिलो बैठक बाट नेकपा (माओवादी केन्द्र ) कोहलपुर नगर समितिका सह–सचिब समेत रहेका पौड्याल लाई सर्वसम्मत अध्यक्ष बनाईएको हो ।
सनिवार सम्पन्न अभिभावक भेला बाट पौड्याल सहित प्रभा बुढा , पुर्ण कला आचार्य , बिजय कुमार खत्री , सुन्दर कलि थारु , खिमा भुषाल शिक्षक प्रतिनिधीमा ऋषीराम मारसिनी चएन भएका थिए ।
बिद्यालय व्यवस्थापन समितीमा कोहलपुर ४ का वडा अध्यक्ष पदेन सदस्य र समितीको सदस्य सचिव बिद्यालयका प्रध्यानाध्यापक रहने व्यवस्था छ ।
कोहलपुर क्षेत्रमा शिक्षण तथा प्राध्यापन पेशामा लामो समय कार्यरत पौड्याल सोही बिद्यालयमा समेत झण्डै १ दशक शिक्षण पेशामा कार्यरत थिए ।

हाल व्यवासायीक कृर्षि र राजनितीमा सक्रिय पौड्यालले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालय लाई आकर्षकको केन्द्र बनाउन लागी पर्ने बताए ।

Nabintech