१८ बैशाख २०८१, मंगलवार
अध्यक्षमा उम्मेदवारी घोषणा गर्न भीम रावलले बोलाए पत्रकार सम्मेलन


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आज दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै दशौं महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।

उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा र आगामी रणनीति सार्वजनिक गर्ने रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिए । उपाध्यक्ष रावलले यसअघि अछाममा भएको एक कार्यक्रममा आफू अध्यक्षमा लड्ने बताएका थिए । रावल १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।

Nabintech