१८ बैशाख २०८१, मंगलवार
जनयुद्धका सहिद डम्बर रानाभाटको स्मृति खजुरामा  फुटबल प्रतियोगिता


बाँकेको खजुरामा शनिबार देखि दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हिमालयन ‘ए’ र २७ स्टार क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा आयोजक हिमालयन सामुदायिक क्लबका अध्यक्ष किरण थापाले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए ।

जनयुद्धका सहिद डम्बर रानाभाटको स्मृतिमा खजुराका धौलागिरीमा प्रतियोगिता हुन लागेको हो । चैतको ३० गते सम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला भित्रका १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाण पत्र र दोस्रो हुनेलाई ३० हजार ५सय ५५ मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु धौलागिरी स्थित नेरामाबीको प्राङ्गनमा नकआउटका आधारमा हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले खेल अवधिभरका उत्कृट खेलाडीलाई संघको तर्फबाट ३ हजार १ सय पुरस्कार प्रदान गर्ने घोषणा गरे । प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन सहिद रानाभाटका दाजु सुर्यबहादुर रानाभाट र दोस्रो पुरस्कारको प्रायोजन चाचा ईट्टाभट्टाले गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको चैत्र २४ गते दिउँसो २ बजे सहिद रानाभाटका बुवा आमा र खजुरा गाँउपालिकाका प्रमुख डम्बर बिक तुफानले गर्ने क्लवका सचिव जीवन कार्कीले जानकारी दिए।

प्रतियोगितामा ३ लाख ४६ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । कार्यक्रममा फुटवल संघको तर्फबाट खेल सामाग्री ९बल० महासचिव खत्रीले क्लवलाई हस्तान्तरण गरे । कार्यक्रममा क्लवको टिम कप्तान सुबास बुढाथोकी र संरक्षक देवबहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो ।
जनयुद्धमा होमिएका धौलागिरीका स्थानीय युवा डम्बर रानाभाटको जनयुद्धका क्रममा २०५८ फागुन ११ गते हत्या भएको थियो । उनको सम्झनामा स्थानीय युवाहरुले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन ।

Nabintech