१८ बैशाख २०८१, मंगलवार
बन क्षेत्र अतिक्रमण गर्न आएकालाई प्रहरीले फर्कायो 


बाँके जिल्लाको नरैनापुरमा बस्ती बसाउने भन्दै सामूहिक रुपमा बस रिर्जव गरेर खाएको एक समुहलाई कोहलपुर प्रहरीले फिर्ता पठाएको छ । नरैनापुर गाउँपालिका वडा नं १ को  गाई लेकमा सस्ती बसाउने भन्दै सुर्खेत जिल्लाका बिभिन्न स्थान बाट वस रिर्जव गरेर आएका ५४ जनाको समुहलाई सुर्खेत तर्फ फिर्ता पठाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख धर्म भण्डारीले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर चौराहामा रोकेर सम्बन्धी जिल्लामा फिर्ता पठाएको उनले बताए । एक वस मानिसहरू फिर्ता पठाएको भएपनि केही मानिसहरू बस रिर्जव गरेरै नरैनापुर पुगेका छन । सुर्खेत लगायतका पहाडी जिल्लाहरू बाट मानिसहरू बन्दो बस्तीका सामानहरू सहित नरैनापुरको गाई लेक पुगेका हुन ।

अतिक्रमणकारीलाई उपभोक्ताले भगाए

नरैनापुर गाउँपालिका वडा नं १ को पन्नहवा देवी सामुदायिक बन उपभोक्ता समुह र गरिब नवाज बन उपभोक्ता समुहको बन क्षेत्रमा बस्ती बस्ने भन्दै आएको समुह लाई बन उपभोक्ताहरूले लखेटेका छन ।

बन क्षेत्रमा बस्ती बसाउने भन्दै दैलेख जाजरकोट, जुम्ला, कालिकोट दैलेख, सुर्खेत, बाँके बर्दिया लगायतका जिल्ला बाट झण्डै १ हजार मानिसहरू नरैनापुर पुगेको नरैनापुर सव डिभिजन कार्यालय प्रमुख रेन्जर मान बहादुर थापाले जानकारी दिए । ६ वटा बस ४ वटा हाईस, लागतका साधनमा पुगेका ति मानिसहरूले प्रहरी र बन कर्मचारीको आग्रह नमानेर टहरा निर्माणको प्रयास गरेपछि बन उपभोक्ता प्रतिकारमा उत्रेको एक स्थानीयले जानकारी दिए । स्थानीयको प्रतिकार पछि अतिक्रमणकारीलाई प्रहरी प्रशासनले सुरक्षित गन्तव्य तर्फ पठाएको एक स्थानीयले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक  राजन रायमाझीले बस्ती बसाउन ल्याउने समुहको खोजी भई रहेको र नरैनापुरमा रहेकाहरूलाई फिर्ता पठाउन थालिएको जानकारी दिए । 

Nabintech