१८ बैशाख २०८१, मंगलवार
आधारभुत तहको कोहलपुर नगर स्तरीय परीक्षामा जीवन ज्योति सर्वोत्कृष्ट


आधारभूत तह कक्षा ८ को नगर स्तरीय परीक्षामा जीवन ज्योति स्कुल कोहलपुरले सर्वोत्कृष्ट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । कोहलपुर नगर पालिकाको शिक्षा तथा खेलकुद शाखाले लिएको परीक्षामा कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलले १ सय प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले दिएको जानकारी अनुसार जम्मा ४९ विद्यार्थी सहभागी भएकोमा ३२ जनाले ३.६ देखी ४ जिपिए ल्याएको र १७ जनाले ३.२ देखी ३.६ जिपिए ल्याएको जानकारी दिए । नगर शिक्षा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर हमालले संस्थागत विद्यालय तर्फ जीवन ज्योति स्कुले १ सय प्रतिशत नतिजा ल्याउन सफल भएको जानकारी दिए । त्यसैगरी नेपाल ए फि एफ स्कुलले ९७.५० प्रतिशत नतिजा सहित दोस्रो र कोहलपुर सिटी एकेडेमीले ९५.८३ प्रतिशत नतिजा ल्याएर तेस्रो स्थान हासिल गरेको छ ।

कोहलपुर क्षेत्रमा कुल ३१ वटा विद्यालय नगर स्तरीय आधारभुत तहको परीक्षामा सहभागी थिए । सामुदायिक विद्यालय तर्फ शिवशक्ति मावि ३९.२९ प्रतिशत नतिजा सहित प्रथम स्थानमा रहेको छ । सामुदायिक विद्यालयको नतिजा सन्तोष जनक नरहेको शाखा प्रमुख हमालले जानकारी दिए ।

Nabintech