१७ बैशाख २०८१, सोमबार
बृद्धको शव फेला, बाघले आक्रमण गरेको आशंका


कोहलपुर  : बाँकेको ढकेरीमा एक जना बृद्धको शव फेला परेको छ । प्रहरीका अनुसार सल्यान, दार्मा गाउँपालिका वडा नम्बर १ घर भई ढकेरीस्थित आफन्त कहाँ आएका ७१ वर्षिय नगेन्द्रप्रसाद शर्माको शव फेला परेको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित जंगलमा आइतबार बिहान साढे ५ बजेतिर शव फेला परेको थियो ।

शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा आइतबार बिहान करिव साढे ५ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । उनकाका अनुसार मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनि निस्केका थिए ।

शवको प्रकृति हेर्दा वन्यजन्तुले आक्रमण गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । यद्यपी, अहिलेसम्म पुष्टी नभएको बताइएको छ । घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताएका छन् ।

Nabintech