१७ बैशाख २०८१, सोमबार
जीवन ज्योति कोहलपुरको अभिभावक दिवस भव्य रुपमा मनाइयो 


जीवन ज्योति स्कुल कोहलपुरले अभिभावक दिवस २०८० बिभिन्न कार्यक्रम गरि मनाएको छ । शनिवार आयोजित कार्यक्रममा विद्यार्थी , शिक्षकले बिभिन्न कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै जीवन ज्योति स्कुल कोहलपुरका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यार्थीहरूको समग्र विकासका लागी विद्यालयले बिभिन्न क्रियाकलाप गर्दै आएको बताए । उनले प्रारम्भिक कक्षाहरु बाटै विद्यार्थीहरू लाई अतिरिक्त कृयाकलापमा सहभागी गराउने गरेको जानकारी दिए ।
बाल कालिका काचो माटो जस्तै भएको भन्दै जेम्सले उनीहरूको रुचि अनुसारको कृयाकलापमा सहभागी गराएर एक अब्बल नागरिक उत्पादन गरिनुपर्नेमा जोड दिए । शिक्षा र अतिरिक्त कृयाकलाप एक सिक्काका दुई पाटा भएको भन्दै गुणस्तरीय शिक्षाका साथै बाल बालिका लाई अतिरिक्त कृयाकलापमा जोडदै लैजानु पर्ने धारणा राखे ।  प्रिन्सिपल फादर जोमन जेम्सले यो स्कुललाई यति छोटो समयमा स्थापित गराउन सम्पूर्ण अभिभावक अनि विद्यालय परिवारको ठुलो हात र साथ भएको बताए । 

कार्यक्रममा अध्यक्ष एवं अभिभावक डा .राजन पाण्डेले जीवन ज्योति राजधानी बाहिरको नमुना विद्यालयको रुपमा विकास हुँदै गएको धारणा राखे । उनले अतिरिक्त कृयाकलापले मात्रै बाल बालिका पूर्ण हुने धारणा राखे ।
डा. पाण्डेले विद्यालयको शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेको र आफ्नो बालबालिकाको पढाई प्रति आफू जस्ता हजारौं अभिभावक सन्तुष्टि रहेकोमा विद्यालयको अझ बढि उत्तरोतर प्रगतिको कामना गरे।
डा. पाण्डेले शिक्षा सँग सँगै बालबालिकालाई हाम्रो रीतिरिवाजको बारेमा ज्ञान दिनु पनि अहिलेको समयको माग भएको बताए । उनले  तडकभडक भन्दा शिक्षा सँगसँगै बिधालयमा अनुशासन एकदमै राम्रो भएको र आगामी दिनमा यि कुरालाई निरन्तरता दिन आग्रह गरे । 

पछिल्लो समय आफ्ना बालबालिकाप्रति अभिभावकले खासै चासो नदिने आफू नि मोबाइलमा व्यस्त अनि छोराछोरीलाई पनि मोबाइल हेर्न दिने गर्दा आखाको समस्या सँगै मानसिक समस्या आउने गरेको हुँदा अब अभिभावकले आफ्नो बानी सँगै आफ्ना छोराछोरीको बानी सुधार्न आफै जिम्मेवार बन्नु पर्ने बताए ।

नर्सरी र कक्षा १ मा अध्ययनरत बाल बालिकाका अभिभावक सहभागी कार्यक्रममा उद्घाटन नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले गरेका थिए । कार्यक्रममा सहभागी अभिभावकहरू बिच पनि बिभिन्न खेलकुद प्रतियोगिता समेत गराइएको थियो । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने अभिभावकहरू लाई समेत पुरस्कृत गरिएको थियो ।

 

यस्तै कार्यक्रममा उपस्थित भएका अभिभावकहरूले विद्यालयले सर्वपक्षीय क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाएकाले बालबालिकाको चिन्ताबाट मुक्त रहेको बिचार व्यक्त गरेका थिए ।
कार्यक्रममा बालबालिकाको लागि मात्र नभएर अभिभावकहरूको लागि पनि बिभिन्न खाले छुट्टाछुट्टै रमाइलो खेलको आयोजना गरिएको थियो र पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको स्कुलका लेखा अधिकृत समेत रहनुभएका प्रशासन शाखाका कल्याण तिमिल्सिनाले जानकारी दिए  ।
स्थापनाकालको एक दशकमै कोहलपुरको नमुना स्कुलको रुपमा स्थापित जीवन ज्योति स्कुल शैक्षिक गतिविधिमा मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्नमा समेत अग्रसर रहेको छ।

Nabintech