१७ बैशाख २०८१, सोमबार
जेसिस सप्ताहमा दुर्घटना न्यूनिकरण  कार्यक्रम 


जेसिस सप्ताहको अवसर पारेर कोहलपुरका जेब्रा क्रस रङ्ग लगाइएको छ । कोहलपुर जेसिस को आयोजनामा ट्राफिक प्रहरी, कोहलपुर नगर प्रहरी, इलाका प्रहरी कोहलपुरको सहयोगमा आज कोहलपुर १० स्थित हाईस्कुल क्षेत्रमा मेटिएका जेब्रा क्रस निर्माण कार्य गरिएको हो ।
दुर्घटना न्यूनिकरण लागी सहयोगी हुने भन्दै जेब्रा क्रसमा रङ्ग लगाउने कार्य गरिएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपी कृष्ण सुवेदी , कोहलपुर नगर प्रहरी प्रमुख बिर बहादुर थापा , जेसिस २०२३ का अध्यक्ष धुब्र आचार्य  लगायतको सहभागिता रहेको थियो । जेसी  सप्ताहकै अवसरमा कोहलपुर नगर भर जेब्रा क्रसमा रङ्ग लगाउने कार्य गरिने अध्यक्ष आचार्यले जानकारी दिए । 

Nabintech