२१ बैशाख २०८१, शुक्रबार
 कुखुराको मासु तुलनात्मक रुपमा बढी स्वस्थकर


मांसाहारीको लागि दसैँको मुख्य परिकार हो मासु । धेरैको भान्सामा साविकको भन्दा फरक प्रकार र परिकारको मासु पाक्ने गरेको पाइन्छ । तर, स्वास्थ्यका हिसाबले मटन, बफ, पोर्कभन्दा चिकेन नै फाइदाजनक रहेको विज्ञहरु बताउँछन् ।

यसको कारणबारे ग्यास्ट्रिक रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर भन्छन्– पेटका लागि कुखुराको मासु अन्यभन्दा धेरै राम्रो हो । मटन, बफ आदि रातो मासु ९रेड मिट० भएकाले पचाउन गाह्रो हुन जान्छ । रेड मिटले युरिक एसिड बढाउने भएकाले पनि ग्यास्ट्रिक र युरिक एसिड भएका व्यक्तिलाई फाइदाजनक हुँदैन । यसको असरस्वरुप घुँडा दुख्ने, सुन्निने आदि देखिन सक्छ । त्योसँगै मदिरा सेवन गर्दा अन्य समस्या पनि थपिन सक्छ ।

अहिलेको पुस्ताले बँदेलको मासु धेरै मन पराएको देखिन्छ । तर, यसलाई राम्रोसँग पकाएर नखाएमा जोखिमपूर्ण हुन्छ । किनकि, पोर्क आइटममा जुका पाइने सम्भावना अधिक हुन्छ । यसले पेटको भित्रैसम्म असर पु¥याउँछ । विशेष गरी मासुको परिकार, तारेर, भुटेर, पोलेरभन्दा सामान्य तरिकाले रस हालेर वा ग्रेभी गरेर खाँदा पेटका लागि फाइदाजनक हुन्छ ।

दसैँमा च्युरा, साँधेको अचार, मासु मदिरा सँगै खाने बानीले धेरैलाई दसैँपछि पेटको समस्या निम्त्याएको पाइएको छ । मदिरा र धुमपानलाई पूरै त्याग्न र पाकेको ताजा खानेकुरा खान म सल्लाह दिन्छु ।

Nabintech