२० बैशाख २०८१, बिहीबार
नेपालगन्ज लखनउ बस सेवा


आईतवारबाट लखनउ जानकालागि रुपैडिहा पुग्न नपर्ने भएको छ । भोलीबाट नेपालगन्जबाट सिधै लखनउ सम्मको बातानुकल बस चल्ने भएपछि लखनउ जान रुपैडिहा जान नपर्ने भएको हो ।

घटस्थापनाको दिनबाट नेपालगन्जबाट भारतीय शहर लखनउका लागि सिधै बातानुकल बसको सेवा सुरु गरिने यातायात संचालकहरुले जनाएका छन् ।

घटस्थापनाको दिन विहानै सिधै लखनउ सम्म्को बस सेवा शुभारम्भ गरिने बस सञ्चालक कम्पनीका प्रतिनिधि शोभाकर पौडेलले जानकारी दिए । पौडेलका अनुसार हरेक दिन विहान जाने र बेलुका फर्किने सुविधा सम्पन्न बसको व्यवस्थापन मिलाइएको छ । अन्तरदेशिय यातायात सेवाका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सकिएकाले घटस्थापनाबाट सेवा शुभारम्भ गर्न लागिएको उनले बताए । उनका अनुसार कोहलपुरबाट बिहान ५:३० बजे छुट्ने बस नेपालगन्जको धम्बोझी चोकबाट ६ बजे छुट्ने छ भने लखनउबाट हरेक राती ९:३० बजे बस छुट्ने छ ।

Nabintech