२० बैशाख २०८१, बिहीबार
त्रिभुवनमा नव आगन्तुक विद्यार्थीलाई स्वागत 


त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुर १० मा शुक्रवार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत कार्यक्रम गरिएको छ ।

त्रिभुवन नमुना माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूद्धारा आयोजना गरिएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितका अध्यक्ष रतन बहादुर बुढाले विद्यार्थी शिक्षक र अभिभावक समेतको सहभागितामा त्रिभुवन नमुना विद्यालयलाई शैक्षिक केन्द्र बनाउनु पर्ने बताए ।

उनले लुम्बिनी प्रदेशमा सबैभन्दा बढि विद्यार्थी अध्ययन गर्ने विद्यालय शैक्षिक गुणस्तरमा पनि अब्बल बनाउनु पर्ने धारणा राखे । कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । 

Nabintech