२० बैशाख २०८१, बिहीबार
दैनिक जनश्रममा जोडिदै माओवादी बाँके 


माओवादी केन्द्र बाँकेका नेता– कार्यकर्ताहरूले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरू गरेर विषेश रूपान्तरण अभियानलाई अगाडि बढाएका छन् । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रूपान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय जनताका धान काटेर जनश्रमदान गरेका हुन् ।
बिहीवार बाँके बैजनाथ गाउँपालिका वडा नं ७ मा स्थानीयको धान काटेर  जनश्रमदान गरेको माओवादी केन्द्रका नेता समेत रहेका बैजनाथ ७ का वडा अध्यक्ष दिने थारूले जानकारी दिए । बिहीवार झण्डै १०
कट्ठा क्षेत्रफलमा जनश्रमदान बाट धान काटिएको हो । सो अभियानमा माओवादीका केन्द्रका नेता पूर्व मन्त्री सन्त कुमार थारू , माओवादी बाँके संयोजक नरेन्द्र पाण्डे जेम्स , बैजनाथ ७ का अध्यक्ष दिनेश थारू लागत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

अभियान अन्तर्गत बुधवार मात्रै माओवादी केन्द्र बाँकेले  नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ फाराम टोलका स्थानीय जनताका खेतको धान काटेर जनश्रमदान गरेको थियो । 

बिहानै माओवादीहरू खेतैमा पुगेर धान काटिदिँदा स्थानीय खुशीले दङ्ग परेका थिए । माओवादी अभियानसँगै जनतासँग प्रत्यक्ष जोडिएका समस्या समेतको पहिचान गरी जनताका समस्या समाधान गर्दै जाने पार्टीको नीति अनुसार जनश्रमदान गरी धान काटिएको जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले बताए  । जहाँ जहाँ जनताका समस्या छन् त्यहाँ त्यहाँ अभियानसँगै माओवादी पुगेर समस्या समाधान गर्ने तर्फ लागिरहेको उनको भनाई छ । 

Nabintech