२० बैशाख २०८१, बिहीबार
रझेना खानेपानीको न्यूनतम मासिक शुल्कमा ५० रुपैयाँ घटाइयो 


रझेना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्ताको मासिक न्यूनतम महसुल  घटाएको छ ।

नयाँ कार्यसमितिको पहिलो बैठक बाट मासिक न्यनतम मासिक शुल्क १ सय ५० बाट घटाएर १ सय कायम गरिएको उपाध्यक्ष गोपाल प्रसाद अधिकारीले जानकारी दिए । रझेना खानेपानीमा हालै मात्र निर्वाचन मार्फत दोर्ण प्रसाद जैसीको नेतृत्वको टिम बिजयी भएको थियो ।

सो खानेपानीका १ हजार २ सय बढि उपभोक्ता रहेका छन । समितिले आयोजनामा पानी शुद्धिकरण गर्ने प्लान्ट र पाइप बिस्तारको काम लाई प्राथमिकता दिएर काम अगाडि बढाउने निर्णय समेत गरेको अध्यक्ष जैसीले बताए ।

Nabintech