२० बैशाख २०८१, बिहीबार
बाँकेको जमुनाह नाकामा यात्रु सहायता कक्षको शुभारम्भ 


चाडपर्व नजिकिएसँगै बाँकेको जमुनाह नाकामा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जमुनाहद्वारा यात्रु सहायताका लागि यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो ।

यात्रु सहायता कक्षको शुभारम्भ गदै प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले यात्रीहरूको समस्या समाधान गर्न सहायता कक्षको शुभारम्भ गरिएको बताउनुभयो । ज्ञवालीले यात्रुहरूलाई ट्राफिक सम्बन्धी तथा अन्य पिरमर्का, गुनासोहरू भए तत्काल ट्राफिक प्रहरीलाई सम्पर्क गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले यात्राका क्रममा हुने समस्या समाधानको लागि ट्राफिक प्रहरीले जहिले साथ दिने बताउनुभयो ।

सुवेदीले सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडा दरभन्दा बढी भाडा लिएर नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिरहेको बताउनुभयो ।

यस्तै वडा प्रहरी कार्यालय बाँकेका प्रमुख हरि बहादुर बिसीले चाड पर्वका समयमा यात्रीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्न नहुने र यात्राको क्रममा चालक सह चालकलले पनि यात्रीहरूलाई सहजरूपमा गन्तव्यमा पुर्‍याउनुपर्ने बताउनुभयो । इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख मीन बहादुर विष्टले यात्रीहरूलाई नाकामा हुने समस्या समाधानका लागि आफूहरू रात दिन नभनी काम गरिरहेको बताउनुभयो ।

नाकामा यात्रुहरूलाई कुनै समस्या परे इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।बाँकेमा यस अघि कोहलपुर बसपार्क र नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।दुर्घटना न्यूनीकरण सम्बन्धमा ट्रक बालकहरू र ट्राफिक प्रहरी बिचमा सडकमा जि.ट्रा.प्र.का. बाँकेले अन्तरक्रिया गरेको छ ।

Nabintech