२० बैशाख २०८१, बिहीबार
शिक्षामा गोरखाको छलाङ, कृषि अध्ययनकालागी अनलाइन आवेदन खुला


कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले कृषि स्नातक तहमा प्रवेश परीक्षाको आवेदन फारम खुल्ला भएको जनाएको छ । आईतबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट मार्फत कलेजले नयाँ शैक्षिक सत्रकालागी बिएस्सीएजी तर्फ अनलाईन आवेदन खुलेको जनाएको हो ।

पश्चिम नेपालकै उत्कृष्ट बिद्यालयका रुपमा स्थापीत गोरखा स्कुलको सहसंस्थाका रुपमा कोहलपुर नगरपालिका वडा नं २ मा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर संचालनमा रहेको छ । स्नातक तहमा बिएस्सीएजी कार्यक्रम संचालन भईरहेको उक्त कलेज गोरखा स्कुलको एउटा युनिट हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट २०७५ सालमा सम्बन्धन प्राप्त गरेको उक्त कलेजमा ५० जना विद्यार्थीको कोटा रहेको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख प्रोफेसर इश्वरी चन्द्र प्रकाश तिवारीले अहिले पाँचौं ब्याचकालागी आवेदन खुल्ला गरीएको जानकारी दिए । तिवारीका अनुसार क्याम्पसले १० प्रतिशत अनिवार्य छात्रबृत्ति समेत प्रदान गर्दै आएको बताए । कृषि विज्ञान पढ्न चाहने विद्यार्थीहरुलाई कोटा अनुसार छात्रवृत्ति प्रदान गर्दै आएको क्याम्पसले पढाई सँगसँगै विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासकालागि रिसर्च सेन्टर समेत संचालन गर्दै आएको तिवारीले बताए ।

प्रवेश परीक्षाको आवेदन फारम भर्नकालागी एसएलसी/एसइइ वा सो सरहको परीक्षामा कम्तीमा द्वितीय श्रेणी वा “सी ग्रेड”मा उत्तिर्ण भई आई।एस्सी(विज्ञान) वा  १०+२ (विज्ञान०) वा  १०+२ (कृषि विज्ञान, वन विज्ञान वा पशु विज्ञान) विषयमा प्राविधिक प्रमाणपत्र तह वा सो सरह अध्ययन गरी कुल प्राप्ताङ्कको कम्तीमा ४५ प्रतिशत  अङ्क वा प्रत्येक विषयमा “सी ग्रेड”का साथै कूल प्राप्ताङ्क “सी जीपिए” मा २.२ प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने क्याम्पसले जनाएको छ ।

आवेदन फारम भर्ने अवधी असोज १२ गतेसम्म तोकिएको छ । जसकालागी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको  वेबसाइट  www.afu.edu.np/admission बाट अनलाइन आवेदन फारम भर्न सकिने छ ।

विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अहिले चितवनकासाथै काठमाण्डौंबाट समेत ईन्टार्स दिने ब्यवस्था मिलाईएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका अनुसन्धान तथा प्रसार निर्देशनालय निर्देशक डा। ऋषिराम कट्टेलले जानकारी दिए । आगामी दिनमा विध्यार्थीहरुको माग र आवश्यकताका आधारमा अन्य ठाँउबाट समेत प्रवेश परीक्षा दिनसक्ने ब्यवस्था मिलाईने कट्टेलले बताए ।

२०७५ सालदेखी पश्चिम नेपालका विद्यार्थीहरुलाई लक्षित गरी स्नातक तहमा कृषी संकाय संचालन गर्दै आएको गोरखा क्याम्पसबाट चौंथो ब्याचका विद्याथीहरु पसआउटको तयारीमा रहेको जनाउँदै क्याम्पस प्रमुख तिवारीले उनीहरूले ६ महिनाको इन्टर्नसिप गर्नुपर्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा केही विद्यार्थीहरुले प्रयोगात्मक रुपमा काम गरिरहेको जानकारी दिदैं तिवारीले थप इन्टर्नसिपकालागि उनिहरुलाई ईजरायल पठाउने तयारी भईरहेको बताए । नेपालमै इन्टर्नसिप गरेका वा ईजरायलबाट इन्टर्नसिप गरेर फर्किएका विद्यार्थीहरुलाई मात्र क्याम्पसले शैक्षिक सिकाईको प्रमाणपत्र उपलब्ध गराउने तिवारीले जानकारी दिए ।

Nabintech