१८ बैशाख २०८१, मंगलवार
 समावेशी प्यानलको पक्षमा खुल्दै मतदाता


आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगंजमा चुनाव सरगर्मी बढेको छ । यति बेला चुनाबी मैदानमा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानल चुनावी प्रतिस्पर्दामा उत्रिएका छन । साझा प्रजातान्त्रिक प्यानलको नेतृत्व ललित कुमार रौनियारले गरेका छन भने समावेशी प्यानलको नेतृत्व टंक बहादुर धामीले गरेका छन ।

अहिले दुवै प्यानल आ आफ्नै चुनावी अभियानमा सक्रिय छन । उद्योगी व्यवसायिकहरुको हक हितमा काम गर्ने संस्थाको रुपमा रहेको संघमा सक्षम, निरडर, योग्य र व्यापारी तथा उद्योगीहरुको पक्षमा काम गर्ने नेतृत्व चाहिएको व्यापारीहरु बताउँछन ।

यति बेला नेपालगंजतिरको चुनावी सारगर्मी हेर्ने हो भने यस पटक पनि समावेशी प्यानललाई नै उद्योगी ब्यापारीहरुले मतदान गर्ने देखीन्छ । नेपालगंज बजार क्षेत्रमा अधिकांश व्यापारीहरुले धामी नेतृत्वको समावेशी प्यानललाई मतदान गर्ने बताउने गरेका छन । बाणिज्य संघमा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाका उद्योगी व्यापारीहरु मतदाता रहेका छन । सबै क्षेत्रको मत सर्वेक्षण गर्दा यस पटक पनि धामी नेतृत्वको समावेशी प्यानलले नै बाजी मार्ने देखिन्छ । ग्रामिण भेगमा धामी निकै लोकप्रीय देखिएका छन ।

समावेशी प्यानललाई जिताउन संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्य र वर्तमान अध्यक्ष अब्दुल मन्सुरी समेत लागिपरेका छन ।

समावेशी प्यानलको टंक बहादुर धामी नेतृत्वमा उपाध्यक्ष (उद्योग) तर्फ चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) तर्फ हरिलाल न्यौपाने, उपाध्यक्ष महिलातर्फ मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढ र सदस्य पदमा इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्द रहेका छन ।

Nabintech