१५ बैशाख २०८१, शनिबार
कोहलपुरको आधुनिक बसपार्क सञ्चालनमा नआउँदै फोड्न सुरु , डिजाइनमा खानेपानी बिस्तार थिएन ?


तीस करोड बढि लागतमा निर्माण गरिएको कोहलपुर बसपार्कमा आवश्यकताका सामान्य पूर्वाधार समेत निर्माण नगरिएको पाइएको छ । दुई दुई पटक उद्घाटन भएर पनि सञ्चालनमा आउन नसकेको उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भइरहेको छ । पूर्णरूपमा निर्माण सम्पन्न भएको भनिएपनि कोहलपुरको नयाँ बसपार्कमा खानेपानीको लाइन बिस्तार नगरेको पाइएको छ । 

खानेपानी लाई बिस्तारका लागि भन्दै बनेको संरचना भत्काउने काम भई रहेको छ  । कुनै पनि योजना बनाउनुपूर्व त्यहाँ प्रयोग हुने आधारभुत आवश्यकतालाई मध्यनजर गरी योजना सुरु गर्नुपर्छ । बिद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट जस्ता आधारभुत आवश्यकतालाई समेटेर संरचना निर्माण गर्नुपर्नेमा आयोजना निर्माण सम्पन्न पश्चात पुन भत्काएर कुरूप पार्ने काम कोहलपुर बसपार्कमा भइरहेको छ ।पश्चिमी नेपालकै अत्याधुनिक भनेर प्रचार गरिएको कोहलपुर बसपार्कमा पनिको पाइप विस्तार गर्न चुकेको नगरपालिकाले अहिले पुन पानीका लागि भन्दै पिच खन्न थालेपछि चौतर्फी आलोचना हुन थालेको छ ।

टेन्डर प्रक्रियाबाट बसपार्कभित्र व्यवसायका लागि सटर लिएका व्यवसायीहरूले बसपार्कमा खानेपानीको व्यवस्था नभएको भन्दै विरोध जनाएपछि नगरपालिकाले उपभोक्ता समिति गठन गरी रु १० लाख बजेटमा खानेपानीको व्यवस्थापन गर्न लागेको चर्चा छ  ।तर बसपार्क भित्र कसरी थप निर्माण कार्य भई रहेको हो , यस अधि बनाइएको डिजाइनमा खानेपानीको काम छ कि छैन भन्ने बारे नगरपालिकाले केही बताएको छैन । 

Nabintech