१५ बैशाख २०८१, शनिबार
कोहलपुर खानेपानीमा टेक नारायण भुषाल नेतृत्वको लोकतान्त्रीक प्यानल विजयी


 कोहलपुर वृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष टेक नारायण भुषालले १ सय ९७ मतान्तरले विजयी भएका छन् । निर्वाचन कार्यालयका अनुसार अध्यक्ष भुषालले १ हजार २ सय १४ मत प्राप्त गरि विजयी भएका छन् ।

साझा उम्मेदवार रुद्र खनालले १ हजार १७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विष्णु तिवारीले ३ सय ८२ मत प्राप्त गरेका छन् । यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्षमा विर बहादुर विष्टले १ हजार १ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । साझा प्यानलको तर्फबाट उपाध्यक्षमा यम बहादुर रावत क्षेत्रीले ८ सय ९४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र प्यानलको तर्फबाट उपाध्यक्षमा मोहन प्रसाद चापागाईंले ४ सय ९८ मत प्राप्त गरेका छन् ।

यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट सचिवमा गोविन्द वाग्लेले १ हजार ५६ मत, सह–सचिव मा बाल कुमारी सापकोटाले सय १ हजार १ सय ३४ मत, कोषाध्यक्षमा ध्रुव आचार्यले सय १ हजार १ सय ४३ मत र सह– कोषाध्यक्षमा ईश्वर प्रसाद शर्माले १ हजार १ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै साझा प्यानल तर्फबाट सचिवमा राम कृष्ण पाण्डेले ८ सय ९८ मत, कोषाध्यक्षमा नारायणी वलीले ९ सय ८० मत, सह– सचिवमा यशोदा थापाले १ हजार ८० सय र सह– कोषाध्यक्षमा रेशमलाल सापकोटाले ९ सय ९२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र प्यानलको तर्फबाट सचिवमा सञ्जय मण्डलले ६ सय ४ मत, कोषाध्यक्षमा शिवराज पोख्रेलले ४ सय १२ मत र सह– कोषाध्यक्षमा अमृत बहादुर श्रेष्ठले ३ सय ७० मत प्राप्त गरेका छन् । कुल ५ हजार २ सय ७७ मतदाता मध्ये २ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई शनिबारनै बिजयी प्रमाण पत्र बितरण गरिएको निर्वाचन समिति संयोजक टिकाराम ढकालले जानकारी दिए । प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष भुषालले निर्वाचनका क्रममा गरिएका प्रतिवद्धताहरू पुरा गर्ने बताए । उनले निर्वाचनका क्रममा सहयोग गर्ने मतदाता निर्वाचन समिति र कोहलपुर बासी लाई धन्यवाद दिए । 

निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रीक प्यानल , एमाले माओवादी ,राप्रपा र समाजवादी नेतृत्वको साझा समावेशी प्यानल र अर्को स्वतन्त्र प्यानल चुनावी मैदानमा थिए ।

Nabintech