१८ बैशाख २०८१, मंगलवार
कोहलपुर खानेपानी चुनावः को हुन् अध्यक्षका उम्मेदवार टेक नारायण भूषाल


वि.स. २०३२ साल कार्तिक २४ गते चितवनमा जन्मिएका हुन्, टेक नारायण भूषाल । उनी बुबा लिलप्रसाद भूषाल र आमा लक्ष्मी भूषालका कान्छो छोरा हुन् । सामान्य परिवारमा जन्मेका भूषाल २०४६ सालदेखि कोहलपुर नगरपालिका वडा नम्बर १२ मा बस्दै आएका छन् । भूषालकी जीवनसाथी सरस्वती भूषाल हुन् ।

भूषालले वी.ए. सम्मको अध्ययन गरेका छन् । विद्यालय तहबाटै सामाजिक र राजनीतिक नेतृत्व गरेका भूषालले विद्यालय तहमै विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनी नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ बाँके क्षेत्र नं.१ को अध्यक्ष, बाँके जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भई विद्यार्थीहरूका हकहितमा समेत काम गरे ।

उनले विद्यार्थीको हक र अधिकारका सवालमा सडक आन्दोलनको नेतृत्व समेत गरेका थिए । यसका साथै हाल भूषाल नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्यका रूपमा समेत रहेका छन् । भूषालले कोहलपुर नगर विकास समितिको अध्यक्ष भई नगर विकासको समृद्धिको आधार तय गरेका थिए ।

विकासको तिव्र गतिमा दौडिरहेको कोहलपुर नगरलाई भूषालको नीतिले नगरको भौतिक विकाससँग जोडेको छ । नगर विकासको अध्यक्ष भएकै बेला उनीले कोहलपुर नगरका सडकहरू फराकिलो बनाउनुका साथै न्यूरोडलाई व्यवस्थित गर्ने काम गरेका थिए ।

भूषालले कोहलपुर नगरपालिकामा बसोवास गर्ने आम उपभोक्ताहरूको लागि शुद्ध, सफा र प्रशोधित पानी सहज रूपमा उपलब्ध गराउने संकल्प लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

साथै विगतमा खानेपानी संस्थामा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गर्र्ने, धारा बिग्रिएर वा चुहावट भएर पानीको आपूर्तिमा हुने अवरोधको समस्यालाई निराकरण गर्ने, एक वडा एक प्राविधिक दक्ष जनशक्तिको मोडेललाई कार्यन्वयनमा ल्याइने दाबी गर्छन् ।

साथै भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना, खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी कोहलपुरका सबै नागरिकको घर–घरमा हुने पिउने पानीको अभावलाई अन्त्य गर्ने दृढसंकल्पका साथ भूषाल चुनावी मैदानमा छन् ।

अध्यक्ष पदका उम्मेदवार भूषालले खानेपानी संस्थामा रहेको विकृती हटाउनका लागि लोकतान्त्रिक प्यानलका सम्पूर्ण उम्मेदवारलाई मतदान गरेर विजयी गराउन मतदातालाई आग्रह गरे ।

लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भूषाल (बस), उपाध्यक्ष पदका उम्मेदवार बिर बहादुर विष्ट (टेबुल पंखा) , सचिव पदका उम्मेदवार गोविन्द वाग्ले (मोटरसाइकल), कोषाध्यक्ष पदका उम्मेदवार धु्रब आचार्य (कित्ली), सह–सचिव पदका उम्मेदवार बाल कुमारी सापकोटा (आँप), सह–कोषाध्यक्ष पदका उम्मेदवार इश्वर प्रश्साद शर्मा(हेलिकप्टर), सदस्य पदका उम्मेदवारहरु झग्गु प्रसाद वली (कोदालो), चक्रदिप शाह (कैची), आशा घर्ती मगर (प्रेसर कुकर), महिला सदस्य पदका उम्मेदवारहरु दिपा बस्नेत (टेबुल), टिकादेवि सुनार (बाघ) चुनाव चिन्ह रहेका छन् ।

Nabintech