१५ बैशाख २०८१, शनिबार
१६ कार्टुन भारतीय चल्ला कोहलपुर बाट पक्राउ 


गुणस्तरहीन भारतीय ब्रोइलर कुखुराको  चल्ला कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर एक कुखुरा पालक किसानले ११ साझा चोक बाट खरिद गरेर कोहलपुर ४  तर्फ लैजाँदै गरेको १६ कार्टुन चल्ला नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर ४ का व्यवसायी बबर जंग शाही सो चल्ला खरिद गरेर लैजाँदै  गरेको प्रहरीको भनाई छ । 

हरियाणा ह्चरी गोरखपुर लेखिएको पेटीमा राखिएका झण्डै १ हजार चल्ला नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । कैलालीका अगुवा कुखुरा पालक व्यवसायी मनिराज नौनियाल ले सडकमा हिड्ने  क्रममा खुलेयाम इन्डियन चल्ला ओसार पसार गरेको देखेपछि प्रहरी लाई खवर गरेका थिए । नेपाल रेकर्ड सँगको कुराकानिमा व्यवसायीले पेटी फेरेर भारतीय चल्ला बिक्री गर्ने गरेको भएपनि यसरी सबै निकाय लाई चुनौती दिदै खुलेयाम बिक्री गरेको आफूले पहिलो पटक भेटेको बताए ।  

गुणस्तरहित भारतीय  चल्लाका कारण नेपालको पोल्ट्री व्यवसाय धरापमा परेको बताए । उनले भारतमा पाल्न अयोग्य भनिएका चल्ला दलालहरूले नेपाल भित्राउने गरेको जानकारी दिए । ४० ग्राम भन्दा कम तौलका चल्ला पाल्न अयोग्य हुने भएकाले ति चल्ला दलाल हरूले नेपाल ल्याउने गरेका छन । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले भारतीय चल्ला नियन्त्रणमा लिइएको बताउँदै संम्लग्नहरु लाई कार्यवाही गरिने जानकारी दिए ।

कोहलपुर क्षेत्रमा दाना र चल्लाको कारोबार गर्नेहरूले नै अवैध चल्लाको कारोबार गर्ने गरेको प्रहरीको भनाई छ । 

Nabintech