१५ बैशाख २०८१, शनिबार
कोहलपुर क्षेत्रका खानेपानी समस्या समाधानका लागी संकल्प लिएको छु : अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाल  


वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको ८ वर्ष पछि नयाँ नेतृत्वका लागी यही साउन १२ गते निर्वाचन हुन गई रहेको छ । निर्वाचनमा ३ वटा समुह प्रतिष्पर्धामा छन । कोहलपुर नगरपालिका वडा नं १ का स्थाई बासिन्दा तथा समाजिक तथा राजनीतिक क्षेत्रमा एक सक्रिय युवा हुन रुद्र प्रसाद खनाल । ३८ वर्षको उमेरमा कला साहित्य ,समाजसेवा र राजनीतिमा उतिकै सक्रिय  साझा समावेशी प्यानलका अध्यक्ष पदका उम्मेदवार रुद्र खनाल सँग संस्थाको विकास र भावी योजनाका बारेमा गरिएको कुराकानी । 

१. तपाईंको उम्मेदवारी किन ?

म लामो समय देखि कोहलपुर क्षेत्रमा राजनैतिक तथा समाजिक क्षेत्रमा क्रियाशील छु । कोहलपुर खानेपानी लाई नजिक बाट नियाली रहेको छु । कोहलपुरमा खानेपानी मुख्य समस्याको रुपमा रहँदै आएको पनि छ । कोहलपुर बासी लाई स्वच्छ र सुलभ मूल्यमा खानेपानी उपलब्ध गराउनका लागी मेरो उम्मेदवारी हो ।

युवाहरूले सबै यस अघिका नेतृत्वले सही ढंगले काम गर्न सकेन भनेर भनी रहँदा एक उदाहरणीय युवा नेतृत्व सहित कोहलपुर क्षेत्रका खानेपानी क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्नका लागी मैले बिभिन्न राजनैतिक दलहरू सँगको सहकार्यमा उम्मेदवारी दिएको छु । मुख्य रुपमा झण्डै ५ हजार २ सय सदस्य रहेको खानेपानी उपभोक्ता मध्ये एक तिहाइ उपभोक्ता खानेपानी अहिले पनि बिभिन्न खाले समस्या झेली रहेका छन । कतिपय उपभोक्ताले धारो जडान गरि नियमित महसुल भुक्तान गर्दा पनि पानी खान पाएका छैनन् ।

कतिपय ग्राहक शुल्क तिरेर समेत धारो जडान गर्न पाएका छैनन् । सडक नाला बिस्तारले गर्दा कोहलपुर ११ टाउन क्षेत्रमा खानेपानीको समस्या थपिएको छ । कोहलपुरका सार्वजनिक स्थानहरूमा खानेपानीको समस्या छ ।यि र यस्तै समस्या समाधानका लागी टिम सहित मैले उम्मेदवारी दिएको छु । मुख्य रुपमा कोहलपुरको आर्थिक सामाजिक क्षेत्रमा क्रियाशील नेकपा एमाले , नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी र राप्रपा पाटीको सर्मथनमा मैले कोहलपुर क्षेत्रका खानेपानी समस्या समाधानका लागी एक संकल्प लिएर उम्मेदवारी दिएको हु । 

२. तपाईँका प्राथमिकताहरू के के हुन ?

आम कोहलपुर बासी लाई स्वच्छ खानेपानी खुवाउने कुरा नै मेरो प्राथमिकता हो । त्यसका लागी हाल भूमिगत जलश्रोतको लागी डिप ट्युबेल र टयाङ्कीको क्षमतावृद्धि  गरी थप ट्युबेल र टयाङ्की निर्माण , डिपिआर सम्पन्न भएको भेरी बबई मान खोला डाइभर्सनको काम लाई छिटो सुरुवात गर्ने , मुख्य सडकको दुवै साइडमा पाइप बिस्तार , कोहलपुर क्षेत्रमा रहेका अन्य खानेपानी आयोजना लाई समेत समेटेर एकीकृत खानेपानी विकासको गुरु योजना निर्माण लगायतका कामहरू मेरा प्राथमिकतामा छन ।

यसका साथै ५ वर्षे कार्यकालमा कोहलपुर बासी लाई सर्व सुलभ खानेपानीमा पहुँच पुर्याउने । लक्षित वर्ग , विपन्न , दलित , भूमिहीन सुकुम्बासी लाई अति सहुलियत मूल्यमा खानेपानी बितरण र मुख्य बजार क्षेत्रमा निशुल्क रुपमा उपभोग गर्ने गरी खानेपानीको धाराहरू मार्फत खानेपानी बितरण नै मेरा प्राथमिकता हुन । यस बाहेक हामिले उपभोक्ताको धारोमा खानेपानीको शुद्धता जाँच , हरेक वडामा अलग अलग  प्राविधिक टिम निर्माण लाई प्राथमिकतामा राखेका छौ । पानी नआउने धारामा अविलम्ब पानी पुर्याउने र धारा नपुगेका सदस्य सम्म पाई जडान गर्नु प्राथमिकतामा राखेको छु ।

३ खानेपानीमा राजनैतिक दलहरूका कारण बेथिती मौलायो भन्नेहरू छन । र तपाई ४ दलीय गठबन्धन बनाएर चुनाव लड्नु भएको छ । उपभोक्ताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

त्यसो त कोहलपुरमा खानेपानीको जग बसाल्ने पनि दलहरू नै हुन । राजनैतिक दलहरूको सहकार्यमा र प्रयास बाट अहिलेको वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्था निर्माण गरिएको हो । तपाई कल्पना गर्नुहोस्  दलहरूले यो खानेपानी सुरुवातको पहल कदमी नलिएको भए अहिले कोहलपुरको खानेपानीको अवस्था के हुन्थ्यो होला ।  

एउटा दल होइन सबै दलहरूको प्रयासमा संस्था यो अवस्थामा छ । पक्कैपनि यति हुँदै गर्दा उपभोक्ताका तमाम समस्याहरू छन । जुन पुरा हुन सकेका छैनन् । संस्थामा आर्थिक अनियमितता भयो भन्ने गुनासो छ । साधारण सभा बाट एक छानबिन समिति गठन भएर केही अध्ययन पनि गरेको छ । संस्थामा भएको सकारात्मक कामको जस पनि दलहरूले लिने हुन केही कमीकमजोरी भएका रहेछन् भने पनि त्यस लाई सच्चाउदै अगाडि बढ्ने हो र कोहलपुर क्षेत्रको समग्र खानेपानीको समस्या समाधानका लागी दल बाहेकका अन्य कोही आएर गरि देला भन्ने कुरा असम्भव छ । म र मेरो टिम निर्वाचित भए पछि पुन : सम्पूर्ण दलहरू , तिनै तहका सरकार, बिभिन्न दातृ निकाय  सँगको सहकार्य र साझेदारमा खानेपानी लाई नमुना खानेपानी उपभोक्ता संस्था  बनाउन लाग्ने छौ ।

दलहरू बाट गएका प्रतिनिधिहरूको कारण यस अघिको समितिले समयमा साधारण सभा गर्न नसक्दा केही गुनासो बढेको छ । हामी निर्वाचित भएपनि पुन एक विशेष साधारण सभाको आयोजना गरी अनियमित उपर छानविन र बेरुजु असुल उपर गर्ने छौ । दलहरू एकोहोरो गाली गरेर समस्या समाधान हुने होइन । दलका कमीकमजोरी लाई आम बहसको माध्यम बनाएर दलहरू मार्फत नै समस्या समाधानको विकल्प खोज्नु पर्दछ । मौलाएको बेथिती लाई नियन्त्रण गर्ने पनि दलहरूले हो । हामिले सुविधा कटौती र आर्थिक मितव्ययिताको निती लिएर अगाडि बढेका छौ । 

४ अन्त्यमा आम उपभोक्ता लाई केही भन्नु छ ?

हामी ४ दलीय गठबन्धन मार्फत साझा समावेशी समुह सहित खानेपानीका आम उपभोक्ता समस्या समाधानका लागी मैदानमा आएका छौ । कोहलपुर खानेपानी लाई नमुना खानेपानी आयोजना बनाउनका लागी , यस क्षेत्रका समग्र खानेपानी  समस्या समाधानका लागी म लगायत मेरो टिम लाई मतदान गर्नु हुनेछ भन्ने अपेक्षा छ । 

अध्यक्षको उम्मेदवार म रुद्र प्रसाद खनाललाई चुनाव चिन्ह अङ्गुरको झुप्पा ,उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीलाई चुनाव चिन्ह माछा , सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डे लाई कुर्ची , कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीलाई केराको बोट ( घरी सहित ) , सह सचिव पदका उम्मेदवार यशोदा थापालाई ताला चाबी , सह कोषध्यक्ष पदका उम्मेदवार रेशम लाल सापकोटालाई चुनाव चिन्ह फुटबल , खुला सदस्यमा क्रमश केशव राज पोख्रेललाई काँइयो , दुर्गा प्रसाद काफ्लेलाई खरायो , चन्द्र बहादुर घर्तीलाई डोको ,महिला सदस्यमा अन्जना सुनारलाई झोला , मेनका न्यौपाने आचार्य लाई भित्ते घडी चिन्ह मतदान गरि अत्याधिक मतले सम्पूर्ण प्यानल लाई बिजयी गराई दिनु हुन आम उपभोक्तामा हार्दिक अपिल गर्दछु ।

Nabintech