१५ बैशाख २०८१, शनिबार
कोहलपुर खानेपानीमा लोकतन्त्रिक प्यानलको  प्रतिवद्धता– कुनै पनि आर्थिक सुविधा नलिएर काम गछौँ 


बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलका उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । उनीहरूले  निर्वाचन भए पश्चात संस्था बाट कुनै खालको आर्थिक सुविधा नलिने घोषणा गरेका छन । 

शुक्रवार आयोजित   प्रतिवद्धता –पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार टेक नारायण भुषालले यस्तो घोषणा गरेका हुन । उनले हाल धारामा पानी नआउने समस्या र सदस्य भएर पनि धारा जोड नपाउने समस्या प्राथमिकताका समाधान गर्ने प्रतिबद्धता जनाए ।कतिपयले सदस्यता शुल्क तिरेर पनि धारा जोडन पाएका छैनन् ।
कोहलपुरका बाक्लो मानिस जमघट हुने सार्वजनिक स्थानहरूमा निशुल्क शुद्ध पानीको व्यवस्था गर्ने , मुख्य बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका हुन ।
यस अधिको कार्यसमितिले गरेको भनेको आर्थिक अनियमितता छानबिन गरि कार्यवाहीको दायरामा ल्याउने
प्रतिवद्धता समेत सो समुहले जनाएको छ । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  लोकतन्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेद्वार टेक नारायण भुषालले कोहलपुर बासीलाई स्वच्छ, सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउने अभिप्रायका साथ “शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी” भन्ने मूल लक्ष्य रहेको बताए ।
सो प्रतिवद्धता –पत्रमा खानेपानीको धारा जडान गरेका तर पिउनेपानी प्राप्त गर्न नसकेका उपभोक्ताका घरहरूमा अविलम्ब पानी पु¥याउने, थप १५ वटा डिप बोरिङ्ग र ५ वटा अभोर हेट पानी ट्याङ्की निर्माणका लागि पहल गरिन, गरिबीको रेखामुनि रहेका परिवार, मुक्तकमैयालाई सम्बन्धित निकायको सिफारिसमा औचित्यको आधारमा निःशुल्क धारा जडान गरिने उल्लेख गरिएको छ ।

साथै विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिने, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि बिल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी बिल मिनाहा गरिने, बाटोको दुवैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक ३/३ सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारण बस पानीको आपुर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणालीको विकास गरिने बताईएको छ ।

कोहलपुरको खानेपानी समस्याको दीर्घकालिक समाधान गर्नका लागि भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना, खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी  कोहलपुरका सबै नागरिकको घर–घरमा हुने पिउने पानीको अभावलाई अन्त्य गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिने अध्यक्ष पद्का उम्मेद्वार भुषालले प्रतिवद्धता जनाएका छन् । “पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र आर्थिक सुशासन हाम्रा प्रमुख मुद्दा हुन्” उनले भने “जनभावना अनुरूप सहभागितमूलक नीति निर्माण गरी आवश्यकताको आधारमा संस्थाको कार्यक्षेत्र विस्तार गर्नु हाम्रो अर्को लक्ष्य रहेको छ ।”

सो पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले कोहलपुरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि भुषाल नेतृत्वको टिमले काम गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति पोषण केसीले पानी मानवीय जीवनको आधारभूत पक्ष भएकाले जनतालाई सहज रुपमा पानी उपलब्ध गराउन सक्ने क्षमता भएको नेतृत्व आजको आवश्यक रहेको छ ।
कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा टेकनारायण भुषाल , उपाध्यक्षमा वीर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा ध्रुव आचार्य, सहसचिवमा बाल कुमारी सापकोटा, सह– कोषाध्यक्षमा इश्वर शर्मा रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा झग्गु प्रसाद वली, चक्र दीप शाह, आशा घर्ती मगर, दिपा बस्नेत, टिका देवि सुनार रहेकी छिन् ।

Nabintech