१७ बैशाख २०८१, सोमबार
कोहलपुर खानेपानीका कार्यालय प्रमुख दसौंदि समेत १० जना बिरुद्धको मुद्धामा अदालतको अन्तरीम आदेश दिन अस्विकार


कोहलपुर । कोहलपुर खानेपानीका काम चलाउ अध्यक्ष नर बहादुर मल्लले कार्यालय प्रमुख सुरेन्द्र कुमार दसौंदि समेत १० जनालाई आफु बिरुद्ध अन्याय भएको भनि उच्च अदालत तुल्सिपुर नेपालगन्जमा हालेको मुद्धामा अदालतले अन्तरीम आदेश दिन अस्विकार गरेको छ भने मुद्धाको पुर्ण फैसला भने आई सकेको छैन ।

यो फैसलाले कोहलपुर खानेपानी संस्थाको निर्वाचनको कार्यक्रम गर्न बाटो खुल्ला गरेको छ । पुर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार खानेपानीको निर्वाचन भए असार २७ गते हुनेछ तर निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका हेरफेर हुन सक्ने संकेत गरेका छन ।

कोहलपुर नगरपालिकामा रहेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनमा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिबेदनमाथि सभामा उपस्थित सदस्यहरुले अबिश्वास प्रकट गरेपछि हिसाव छानविन गर्न एक छानबिन समिती गठन भएको थियो ।

उक्त छानविन समितीले कोहलपुर खानेपानीको कार्यालयमा बसि हिसाव किताव हेर्ने क्रममा आफुलाई कार्यालयमा छिर्न समेत नदिई कामकाज गर्न समेत बाधा पुर्याएको भन्दै नर बहादुर मल्लले कार्यालय प्रमुख दसौदि, छानबिन समितीका संयोजक हर्क बहादुर बुडथापा र कोहलपुर क्षेत्रका राजनैतिक दलहरुलाई समेत बिपक्षि बनाई अन्तरिम आदेशका लागि उच्च अदालत तुल्सिपुर नेपालगन्जमा मुद्धा दर्ता गराएका थिए ।

७ बर्षदेखि साधारण सभा हुन नसकेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनमा आर्थिक अपचलन भएको ठहर गरि गठित छानविन समितीले समेत मिलेमतोमै भ्रष्टाचार गर्न उद्यत तत्कालिन नर बहादुर मल्लको कार्यसमितीले खानेपानी संस्थामा चरम आर्थिक अपचलन गरेको प्रतिबेदनमा उल्लेग गरिएको थियो । कुनै न कुनै बहानामा भत्ता खाएका कार्य समितीले आफनो जिवन बिमा समेत गराउन भ्याएको थियो भने बिना प्रयोजन ७ देखि ८ लाख सम्म पेश्कि लिने, बिधान संसोधन बैठक भत्ताका नाममा २ लाख ३४ हजार, दशैं पेश्कि भनेर ३ लाख, कर्मचारी पदपुर्ति समति भत्ता ३ लाख, कर्मचारी बढुवा समिती भत्ता १ लाख ११ हजार एक सय पचास, आन्तरीक कर्मचारी बढुवा उप समिती भत्ता ५२ हजार पाँच सय, ईन्धन सुबिधा ६ लाख ३८ हजार सात सय पचास रुपैया खर्च गरेको पाईएको प्रतिबेदन सार्वजनिक गरेको थियो ।

Nabintech