२० बैशाख २०८१, बिहीबार
बाँकेको राप्ती सोनारी सहित अन्य ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा 


सरकारले बाँकेको राप्ती सोनारी ४ सहित अन्य ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले बैठक सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । बैठकले राप्तीसोनारी गाउँपालिका ४ बाँके ,रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट,  रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका –५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । माओवादी नेतृ एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमुनाले राप्ती सोनारी ४ मा औद्योगिक ग्राम बन्ने कुरा खुशीको कुरा भन्दै प्रचण्ड नेतृत्वको सरकार लाई धन्यवाद दिइन

त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । आजको बैठकले राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

Nabintech