२० बैशाख २०८१, बिहीबार
बैजनाथ गाउँपालिकाले ल्यायो ६९ करोड ९९ लाखको  बजेट


बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८/८१ निम्ति बजेट ल्याएको छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले आर्थिक वर्ष २०८० र ०८१ लागि कूल ६९ करोड ९९ लाख ३५ हजार ९सय ७५ रुपैयाको बजेट प्रस्तुत गरेकी छन ।

उपाध्यक्ष रोकायाले प्रस्तुत बजेटतर्फ संघिय समानीकरण रकम रु १५ करोड २० लाख, प्रदेश सरकार समानीकरण रु १ करोड १४ लाख ६३ हजार, संघिय सरकार सशर्त चालु रकम रु २९ करोड ७ लाख, संघिय सरकार सशर्त पूजिगत रकम रु २ करोड ८८ लाख ,प्रदेश सरकार सशर्त चालु १६ लाख ५० हजार ,प्रदेश सरकार सशर्त पुँजीगत रकम रु ६५ लाख ,संघीय सरकार विशेष अनुदान रकम रु १ करोड ,संघीय सरकार समपुरक अनुदान रकम रु। ६० लाख ,प्रदेश सरकार समपुरक अनुदान रकम रु। १ करोड, संघिय सरकार राजश्व रकम रु १२ करोड ५६लाख ८४ हजार, प्रदेश सरकार राजश्व रकम रु ७१ लाख ३८ हजार ९७५ ,आन्तरीक आय रु ३ करोड ५० लाख ,घर जग्गा रजिस्ट्रेसन बापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम करिब १ करोड ५० लाख गरी कूल ६९ करोड ९९ लाख ३५ हजार ९सय ७५ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन ।

प्रस्तुत बजेटमा भौतिक पूर्वाधार तर्फ
बैजनाथ गाउँपालिकामा रहेका ८ वटै वडाहरु तथा पालिकालाई भौतिक पूर्वाधार अन्तर्गत ६ करोड ९६ लाख बजेट बिनियोजन गरिएको छ ।न्युनतम बजेट अनुदान, जनसंख्या, भूगोल र राजश्वको आधारमा करिब ५०५ बजेट कायम गरी प्रत्येक वडालाई बजेट बांडफांड गरिएको छ। न्युनतम अनुदान प्राप्त गर्नेबजेटलाई ६० प्रतिशत गरी बाँकि रहेको बजेटलाई जनसंख्याको आधारमा ४० प्रतिशत, भूगोलको आधारमा ४० प्रतिशत र राजश्वको आधारमा २० प्रतिशत बजेट कायम गरी बजेट बिनियोजन गरिएको छ ।

प्रत्येक वडाबाट तोकिएको सिमा भित्र पूर्वाधार सम्बन्धि योजना छनौट गर्ने गरि दिइएको निर्देशन अनुरुप बजेट तथा कार्यक्रम तर्जुमा समितिले प्रत्येक वडाको सिफारिसमा पुर्बाधार योजनाहरुको छनौट गरेको छ ।वडा पुर्बाधारका लागि रु ३ करोड ४८ लाख बजेट बिनियोजन गरिएको छ ्र वडा प्रत्येक वडाहरुमा अत्यावश्यक मर्मत सुधारको लागि मर्मत संभार कार्यक्रमका साथै गाउँपालिकामा मर्मत संभार कार्यक्रमको लागि पुर्बाधार मध्येबाट बढीमा २५५ बजेटकोब्यबस्था गरिएको छ ।

संघीय सरकारको समपुर अन्तर्गतको १ वटा पूर्वाधार बिकासको योजना र प्रदेश समपुरक अन्तर्गतका विभिन्न ४ वटा पूर्वाधार विकासका आयोजना गरी जम्मा ५ वटा योजनाको लागि रु। १ करोड ६० लाख प्राप्त भएकोमा सिही रकम बराबरको समपुरक बजेट र तराई मधेश सम्वृद्धि कार्यक्रम अन्तर्गतको योजनामा साझेदारीको लागि बजेट सुनिस्चित गरिएको छ । अन्य कार्यक्रममा लागत साझेदारी समेत गर्ने गरि थप म्याचिङ फण्डको लागि रु ४० लाख बजेटको ब्यबस्था गरिएको छ। चालु आर्थिक वर्षमा काम सम्पन्न नभई वा अन्य कारणले भुक्तानी दिन बाँकी योजनाहरुको दायित्व समेत लाई समेट्ने गरी आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

पारदर्शिता र जवाफदेहिरुपमा ठेक्का बन्दबस्तलाई पूर्ण रुपमा भ९दष्ममष्लन मा लगिने छ । पूर्वाधारतर्फका आयोजनाहरुको गुणस्तरमा पर्याप्त ध्यान दिईनेछ ।निर्माण कार्यको हकमा सिभिल ल्याब परिक्षण तथा बिमा कार्य अनिवार्य गरिनेछ ।

दिर्घकालिन सडक गुरुयोजनाको मापदण्ड बमोजिम सडकहरु निर्माण गरिनेछ । पालिकाको स्रोतले धान्न नसक्ने सडकहरु निर्माणको लागि संघीय सरकार र प्रादेशिक सरकार संग माग गरिनेछ । गाउँपालिकाको पर्खाल निर्माणलाई निरन्तरता दिइएको छ । साथै गाउँपालिका परिसर भित्र आवश्यक संरचना निर्माणको लागि समेत बजेट छुट्टयाइएको छ । सोको लागि ६५ लाख बजेट बिनियोजन गरिएको छ । गाउँपालिकाको भिभिन्न आ।ब मा ठेक्काभएका आयोजनाहरुको बाँकि दायित्व रकमको सुनिस्चितता गरिएको छ ।

त्यसै गरी सामाजिक विकास तर्फ

स्वास्थ्य सेवा
बैजनाथबासी सबै लाई सुलभ रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउनको निम्ति आवश्यक एम्बुलेन्सको ब्यबस्था गरिसकिएको छ।सोको ब्यबस्थापन तथा जनशक्ति ब्यबस्थापनको लागि उचित बजेटको ब्यबस्था गरिएको छ। बैजनाथ गाउँपालिका भित्रका राजमार्गमा दुर्घटना परेका व्यक्तिलाई निशुल्क एम्बुलेन्स सेवा सुनिस्चित गरिएको छ ।
मातृ तथा नवजात शिशु स्याहारको लागि उचित ध्यान दिइएको छ । बैजनाथ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा प्रसुती हुन आउने महिलाहरुका लागि एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराईएको छ । यसलाई निरन्तरता दिइएको छ । पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसकी अन्य स्वास्थ्य संस्थामा रिफर गर्नु पर्ने अवस्था आएमा निजलाई पालिकाकै एम्बुलेन्सद्वारा निशुल्क पुर्याउने ब्यबस्था गरिएको छ । साथै गाउँपालिका अन्तर्गतका थप बर्थिंग सेन्टरमा समेत एम्बुलेन्स सेवा सुरु गरिने छ । सोको लागि १२ लाख बिनियोजन गरिएको छ ।
बर्थिंग सेन्टरमा नियमित चेकजाँच गरी बर्थिंग सेन्टरमै शिशु जन्माउने सुत्केरी तथा नवजात शिशुलाई उपलब्ध गराउदै आएको १ हजार मा १५ सय थप गरी २५ सय पोषण प्रोत्साहन उपलब्ध गराउन बजेट बिनियोजन गरिएको छ ।
बैजनाथबासीलाई सिकलसेल अनिमिया स्वास्थ्य परिक्षण तथा जनचेतनामुलक कार्यक्रम संचालनको लागि प्रदेश सरकारबाट प्राप्त बजेटमा थप गरी कुल १० लाख बजेट बिनियोजन गरिएको छ ।
जेष्ठ नागरिकहरुको घरदैलोमै स्वास्थ्य परिक्षण कार्यक्रम, द्वन्दपिडितहरुलाई स्वास्थ्यमा बिशेष हेरचाह कार्यकम संचालन गरिएको छ । यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । बैजनाथ गाउँपालिकाका अन्तर्गतका सबै वडा तथा माद्यामिक तहका बिद्यालयमा निशुल्क योग तथा आयुर्बेदीक स्वास्थ्य सिबिर संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाइ विगतदेखि उपलब्ध गराई आएका सेवा सुबिधालाई निरन्तरता दिइएको छ । साथै चाडपर्ब खर्चमा ३ हजारले वृद्धि हुने गरी बजेट बिनियोजन गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरुकोसुरक्षा गर्नका लागि बिमाको समेत ब्यबस्था गरिएको छ।
नेपाल सरकारले तोकेका निशुल्क औषधीहरुको व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । बैजनाथ गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको कार्यालय संचालन तथा व्यवस्थापनका लागि ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र,३ वटा स्वास्थ्य चौकी, आयुर्बेद औषधालय र प्राथमिक स्वास्थ्य केन्द्र बनकटवालाई कार्यालय संचालन तथा ब्यबस्थापन गर्न आवश्यक बजेट बिनियोजन गरिएको छ ।
स्वास्थ्यसंग सम्बन्धित विभिन्न कार्यक्रम गर्नका लागि बजेटको बिनियोजन गरिएको छ ।
जस अन्तर्गत स्वास्थ्य बिमा सम्बन्धि विभिन्न कार्यक्रम, फोहोर ब्यबस्थापन सम्बन्धि विभिन्न तालिम कार्यक्रमरहेका छन । चिसापानी स्वास्थ्य चौकी , नौबस्ता स्वास्थ्य चौकी र टिटीहिरिया स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरी संचालन गरिएको छ  यस बाट सो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई राहतको अनुभूति हुनेछ ।यसको संचालनको लागि आवश्यक स्रोत साधनको ब्यबस्था गर्नको लागि बजेट बिनियोजन गरिएको छ।
त्यसै गरी शिक्षा क्षेत्रमा एक वडा एक नर्सिंग कार्यक्रम अन्तर्गत सम्बन्धित वडा भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा सेवा दिने गरी सेवा करारमा बिद्यालय स्वास्थ्यकर्मीको ब्यबस्था गरिएको छ।यसबाट बिद्यालयमा पढ्ने किशोरावस्थाका विद्यार्थीलाई स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा राखिएको छ । सो कार्यक्रम लागि रु ४० लाख बिनियोजन गरिएको छ ।
निर्माणभएकोस्थानीय पाठ्यक्रम कार्यन्वयन गरिने छ। सो कार्यको लागि १० लाख बिनियोजन गरिएको छ । कम्प्युटर तथा लेखा तालिम र बिज्ञान प्रयोगशाला संचालनको लागि दक्ष शिक्षकको विकासको लागि आवश्यक तालिम गर्न  ७ लाख बिनियोजन गरिएको छ। बाल विकास केन्द्रका शिक्षक तथा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको पेशागत दक्षताको विकास गर्न आवश्यक कार्यक्रम तथा सोको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
दलित, द्वन्दपडित, सहिद, बेपत्ता र घाइतेपरिवारका छात्रालाई प्राबिधिक शिक्षामा पहुँच वृद्धि गर्न छात्रवृत्ति स्वरूप रु।१० लाख बजेट छुट्याएको छु । खेलकुदको विकास र प्रवर्धन तथा प्रतियोगिता संचालनका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।नमुना विद्यालय विकासको लागि रु १५ लाखबजेट बिनियोजन गरिएको छ । आधारभुत तह र माध्यमिक तह शिक्षण अनुदानको लागि १ करोड ७५ लाख बजेट बिनियोजन गरिएको छ ।
कक्षा ११ र १२ मा गाउँपालिका भित्र संचालन भएका सामुदायिक बिद्यालयहरुमा छात्राहरुको संख्या वृद्धि गर्नको लागि बिद्यालयले लिने मासिक शुल्कमा ५० प्रतिशत छुट दिनको लागि छात्रवृत्ति स्वरूप रु २० लाख छुट्याईएको छ । बैजनाथ गाउँपालिका भित्र रहेका बिद्यालयहरुलाई टिन मुक्त अभियान स्वरूपयस आ।ब। मा ३ वटा बिद्यलाको अवस्था हेरी टिन मुक्त कार्यक्रम संचालन गरिने छ । सोको लागि १५ लाख बिनियोजन गरिएको छ। अतिरिक्त क्रियाकलाप र कक्षा ३ र ५ को स्तरमापन परीक्षा, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको दक्षता विकास, गरीब तथा विपन्न छात्रा र कृषि छात्रवृत्तिको लागि आवश्यक बजेटको बिनियोजन गरिएको छ ।विद्यालय संचालन तथा व्यवस्थापन अनुदानलाई निरन्तरता दिइएको छ । गरिब तथा बिपन्न परिवारका छात्राका उच्च शिक्षामा पहुँच वृद्धि गर्नको लागि ८ लाख रकम बिनियोजन गरिएको छ ।
सामाजिक समावेशिकरण
बाल अधिकार तथा लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने छ ।बालबालिकालाई मनोविमर्श र जीवन उपयोगी सिप सम्बन्धि तालिम, बालमैत्री स्थानीय शासन प्रबद्धन कार्यक्रम तथा बाल कोष संचालनको लागि १२ लाखबजेट छुट्याईएको छ।
विपन्न तथा गरीब महिलाका लागि आय आर्जनमा टेवा पुर्याउन सिप विकास र आयआर्जन कार्यक्रम संचालन गरिनेछ । यसका लागि रु। २१लाख रकम बिनियोजन गरिएको छ ।मानब बेचबिखन बिरुद्धको समिति गठन तथा पदाधिकारीलाई अभिमुखीकरण, उद्दार कोष संचालन लगायतका कार्यक्रम समेत संचालन हुनेछन् । आगामी आर्थिक बर्षमा ७१र ७२ वर्ष उमेरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ। साथै जेष्ठ नागरिक एकल बिदुरलाई आर्थिक सहायता कार्यक्रमलाइ निरन्तरता छ ।
डिजिटल अपांगता परिचयपत्र शिविर संचालन तथा व्यस्थापन गर्न आवश्यक बजेटको ब्यबस्थापन गरिएको छ । अपांग सहायक सामग्री वितरण तथा मर्मत कार्यलाई निरन्तरता दिइएको छ ।साथै पहेलो कार्ड९ग वर्गको० अपाङ्गता भएका व्यक्तिहरुको लागि आर्थिक सहायतालाई समेत निरन्तरता दिइएको छ।अपाङ्गता भएका ब्यक्तिहरु तथा दलित र आदिबासी जनजातीका लागि आय आर्जन सम्बन्धि कार्यक्रम संचालन गरिनेछ । सांकेतिक भाषाको लागि आवश्यक तालिम तथा जनशक्ति ब्यबस्थापनको लागि बजेट छुट्याएको छु ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुदभन्ने नारालाइ आत्मसात गरियुवा तथा खेलकुद विकासका लागि बिभिन्न कार्यक्रम संचालन गर्नको लागि आवश्यक बजेटको व्यबस्था गरिएको छ । अति बिपन्न र जेष्ठ नागरिकहरुलाई महिनामा एक पटक घरदैलोमा गइ सेवाप्रबाह र स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी सहितको ब्यबस्था गरिएको छ ।धर्म संकृति तथा कला संरक्षण, जात्रापर्व संरक्षण तथा सम्बर्द्धन कार्यक्रमको लागि आवश्यक बजेटको ब्यबस्था गरिएको छ।
खानेपानी तथा सरसफाइ
बैजनाथ गाउँपालिका भित्र सबै घरधुरीलाइ स्वच्छ खानेपानी बितरण गर्न प्रदेश सरकार संग समन्वय र सहकार्य गरिने छ ।हाम्रो बैजनाथ सफा बैजनाथ भन्ने मुल नाराका साथ फोहोर ब्यबस्थापनका लागि कार्यक्रम संचालन गरिएको छ र सो कार्यक्रमलाई निरन्तरता दिइएको छ्रपलिकाभित्रका फोहोर ब्यबस्थापन गर्न नागरिकको घरदैलोमा गई फोहर उठाउने र सुरक्षित स्थानमा ब्यबस्थापन गर्न ४० लाख रकमको व्यवस्था गरिएको छ। यसबाट गाउँपालिकाका सबै क्षेत्रका कुहिने नकुहिने तथा प्लास्टिकजन्य फोहोरको ब्यबस्थापन हुने र प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । पालिकाको वास प्लान अनुसार कार्यक्रमहरु गरिने छ । यसबाट स्वच्छ खानेपानी बितरणको कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुग्ने छ ।
आर्थिक विकास तर्फ
पशु सेवामा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी आर्थिक विकास गर्ने उद्देश्य राखिएको छ।नश्ल सुधारको लागि उन्नत जातको भैसीमा ७० प्रतिशत अनुदान दिने कार्यक्रम संचालन गर्न २४ लाख बजेटको व्यवस्था गरिएको छ । विगत आर्थिक वर्ष देखि संचालनमा आइरहेको पशु बिमा, पशु पोषण, पशु खोप कार्यक्रम, सिजन अनुसार घाँसका बिउ ५० प्रतिशत अनुदानमा वितरण र विभिन्न जातका डाले घाँसका बिरुवा तथा विभिन्न जातका नेपियर सेट्सवितरणलाई निरन्तरता दिइएको छ । माछाका भुरा वितरण गरी माछापालन कार्यक्रमलाई व्यवसायीकरण गर्न ५०५ अनुदानमा कार्यक्रम संचालन गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।
पशुहरुलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने रोग निरोधक खोप सेवाको लागि बजेटको व्यवस्था गरिएको छ। साथै पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर संचालनका लागि बजेटको व्यवस्था गरिएको छ। गाई र भैंसीमा कृत्रिम गर्भाधान सेवा निरन्तरता तथा संचालनका गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । मासु प्रबर्द्धन कार्यक्रम, दुध उत्पादन प्रबर्द्धन तथा पशु दाना प्रबर्द्धन कार्यक्रम संचालन हुने छ। सोको लागि ६० लाख तथा पशु पालन ब्यबसायमा क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तालिमको ब्यबस्था गरिएको छ ।
कृषिसेवा तर्फ
सिचाइ बिशेष कार्यक्रम प्राथमिकताका साथ संचालन गरिनेछ । यस अन्तर्गत सिंचाई कुलो निर्माण तथा मर्मत, सिंचाई बाँध निर्माण, बर्षातको पानी संकलन गर्ने पोखरी निर्माण, पाइप, पम्पसेट आदी निर्माण तथा वितरण गरिने छ ।यसका लागि रु। २ करोड बिनियोजन गरिएको छ । त्यसबाट बैजनाथ गाउँृपालिका अन्तर्गतका कृषियोग्य जमिनमा सिंचाई उपलब्ध भई कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा राखिएको छ ।
कृषकहरुलाई यान्त्रिकरणका माध्यमबाट उत्पादन तथा उत्पादकत्व बढाउने गरि यान्त्रिकरणमा अनुदान उपलब्ध गराउन किसानसंग पालिका प्रमुख कार्यक्रम संचालन गरिनेछ । प्रांगारिक मल उत्पादकलाई अनुदान, कृषि उपज ढुवानी साधनमा अनुदान, हाट बजार ब्यबस्थापन, प्रतिफलमा आधारित सहुलियत कार्यक्रम, कृषि एम्बुलेन्स, तथा पशु बस्तुको नश्ल सुधार जस्ता कार्यक्रम संचालन गरिने छ ।
त्यसको लागि रु २ करोड ८० लाख बिनियोजन गरिएको छ । कृषिको आधुनिकरण तथा व्यवसायीकरणस् कृषकहरुलाईव्यवसायीक तालिम तथा कृषि सामग्री उपलब्ध गराई कृषकको उद्यमशिलता विकासकालागिआवश्यक बजेट विनियोजन गरिएको छ । धान, गहुँ, मकैको मूल बिउमा ५० प्रतिशत अनुदान दिइने छ । संघीय सरकार र पालिकाको संयुक्त स्रोतबाट पकेट क्षेत्र , बिउबिजनमा अनुदान, दलहन, तेलहन जस्ता कार्यक्रम संचालनको लागि आबश्यक बजेटको ब्यबस्था गरिएको छ।
पर्यटन, घरेलु उद्योग तथा सहकारी
बैजनाथ गाउँपालिकालाइ पर्यटन हवको रुपमा विकास गर्न आवश्यक पहल गरिने छ।यसको निम्ति आवश्यक पर्यटकीय स्थलको तथ्यांक संकलन र भिजुअलाईजेसन गरिनेछ । सो को लागि ५ लाख बजेटको बिनियोजन गरिएको छ । पालिका भित्र रहेका सहकारीहरुको संरक्षण सम्बर्धन तथा विकास गरिने छ । यिनीहरुसंग सहकार्य तथा साझेदारी मार्फत कार्यक्रम संचालन गरिने छ ।
सोको लागि १० लाख बजेट बिनियोजन गरिएको छ । यिनीहरुको विकासको लागि आवश्यक तालिमहरु तथा अन्य कार्यक्रमको लागि समेत आवश्यक बजेट छुट्याइएको छ । यस गाउँपालिका अन्तर्गतका उद्योग ब्यबसायहरुको अनुगमन तथा नियमन गरिने छ ।
एक सहकारी एक उत्पादन कार्यक्रमको अबधारणा सुरु गरिने छ । यसबाट बैजनाथ गाउँपालिकालाई उत्पादन क्षेत्रमा फरक पहिचान दिने अपेक्षा राखिएको छ । साथै सहकारी संगको साझेदारीमा उत्पादन, प्रशोधन र बजारीकरण कार्यक्रमलाई अघि बढाइने छ ।
यसकोलागी १० लाख बिनियोजन गरिएको छ । सहकारी संस्थासंगको साझेदारीमा निजि तथा सामुदायिक विद्युतीकरण कार्यक्रम अघि बढाइने छ।सोको लागि ५ लाख बजेट बिनियोजन गरिएको छ । उपभोक्ता अधिकारको सुनिस्चितताको लागि बजार अनुगमन प्रभावकारी बनाईने छ । सोको लागि आवश्यक बजेट छुट्याएको छु । औद्योगिक क्षेत्र तथा त्यस क्षेत्रको बस्ति ब्यबस्थापनको लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिने छ । यसको लागि रु १० लाख बिनियोजन गरिएको छ ।
सुकुम्वासी तथा अव्यबस्थित बसोबासी
सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको तथ्याङ्क संकलन भइ सकेको छ । यस सम्बन्धि आवश्यक थप कार्य गर्नको लागी रु २० लाख बजेट बिनियोजन गरिएको छ । यसबाट बैजनाथ गाउपालिका भित्र रहेका नागरिकहरुको स्वामित्व बोध हुने गरि जग्गा नाप नक्सा भइ जग्गा प्राप्ती कार्यमा सहजता हुने अपेक्षा गरिएको छ । औधोगिक क्षेत्रको बस्ति ब्यबस्थापनमा सहजीकरण भूमिका निर्वाह गर्नु पर्ने भएकोले पालिकाबाट तत्काल केहि गर्न आबश्यक परेमा संघ र प्रदेश सरकार तथा अन्य सम्बन्धित सरोकारवालाहरुसंग आवश्यक पहल गर्न बजेटको व्यवस्था गरिएको छ ।
बन, वातावरण तथा प्रकोप ब्यबस्थापन
प्राकृतिक कारण वा महामारीको कारणले अकालमा ज्यान जान नदिने ,नागरिकको जनधनको क्षति हुन नदिने गरि पालिकाको विपद प्रतिकार्य योजनामा परिमार्जन गरिनेछ । जलवायु अनुकुलनका कार्यक्रम संचालन गरिनेछन् । विपद कोषमा रकमको अभाब हुन नदिन आबश्यक स्रोतको ब्यबस्था गरिएको छ।
प्राकृतिक तथा मानबजन्य प्रकोपको कारण मृत्यु हुनेहरु र घरबास पशु चौपायाको क्षति भएमा गाउपालिकाको बिपद ब्यवस्थापन कार्यबिधि अनुरुप राहत दिइने छ । बिषयगत संघीय तथा प्रदेश सरकारको कार्यालय संग समन्वय गरी बिरुवा उत्पादन र वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।यसको लागि आबश्यक बजेटको ब्यबस्था गरिएको छ ।
एक वडा एक बगैचा कार्यक्रम संचालन गरिने छ । सोको लागि ८ लाख रकम बिनियोजन गरिएको छ  ।
सामुदायिक तथा मध्यवर्ती बन संग समन्वय तथा सहकार्य गर्न अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिने छ ।
न्यायिक समिति
बैजनाथभित्र न्यायको पहुँचमा वृद्धि गर्न मेलमिलापकर्तासंग कार्यसम्पादन सम्बन्धमा चौमासिक समिक्षा गर्न आवश्यक बजेको व्यवस्था गरिएको छ । न्याय सम्पादनलाई प्रभाबकारी बनाउन न्यायिक इजलासको निर्माण गरिने छ ।
सोको लागि रु। ५ लाख बजेट छुट्याईएको छ। मेलमिलापकर्ताहरुलाई कानुनी सचेतना दिन तथा न्यायिक समितिको कार्यसम्पादनको डकुमेन्ट्री निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरिएको छ । मेलमिलापकर्ताहरुलाई समसामयिक कानुनी बिषयको जानकारी दिईक्षमता अबिबृद्धि आदि गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

Nabintech