२० बैशाख २०८१, बिहीबार
खजुराले ल्यायो ८३ करोड ३९ लाखको बजेट 


बाँकेको खजुरा गाउँपालिकाले ८३ करोड ३९ लाख ५३ हजारको बजेट ल्याएको छ ।

पालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको आयव्ययको अनुमानित विवरण सहितको बजेट प्रस्तुत गरेको हो ।

पालिका उपप्रमुख मन्जु मल्लले खजुरा गाउँपालिकाको बजेट प्रस्तुत बजेटमा पुँजीगत तर्फ ३१ करोड ५६ लाख ८ हजार ५ सय र चालू खर्च तर्फ ५२ करोड २९ लाख ३४ हजार ५ सय विनियोजन गरिएको छ ।

खजुरा गाउँपालिकाले जनताको नजिकको सरकारको अनुभुती गराउन, जनताले खोजेको बिकास, बिकासलाई बिपन्न नागरिकसम्म पुर्‍याई स्थानीय सरकार छ है भन्ने थप आभास गराउन कार्यबिधी अनुसार जनता संग अध्यक्ष कार्यक्रम सन्चालन गरिने र सो कार्यक्रमको लागी २ करोड बजेट बिनियोजन गरेको उपाध्यक्ष मल्लले बताइन् ।

खजुरा गाँउपालिकाले शनिवार निती तथा कार्यक्रम पारित गरेको थियो ।

Nabintech