१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज रङ्गशालामा सेन्थेटिक ट्रयाक बन्दै


बाँकेको नेपालगन्जमा साढे ११ करोड बढि लागतमा एथ्लेटिक्स सेन्थेटिक ट्रयाक बनाउन थालिएकोछ ।

नेपालगन्ज रङ्गशालामा उक्त रकमको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको निर्माण गरिन थालिएको हो । उक्त ट्रयाकको आईतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले शिलान्यास गरेका छन् ।

आगामी १० महिनाभित्र निर्माण सम्पन्न हुने गरि पञ्चकन्यारसिन्कोट्स, कुपण्डोल, ललितपुरलाई एथ्लेटिक्स ट्रयाक निर्माणको जिम्मेवारी दिदैँ सम्झौता समेत गरिएकोछ । एथ्लेटिक्स ट्रयाकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगन्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताए ।

‘कुनै पनि रङ्गशालामा सेन्थेटिस ट्रयाकको निर्माण अनिवार्य छ, सदस्यसचिव घिसिङले अगाडी भने–‘सबै हिसाबले नेपालगन्ज रङ्गशालालाई पूर्णता दिने योजनाअनुसार बजेट विनियोजन भई काम सुरु भएको छ । मैलै म्याद थप्नु पर्ने स्थिति आउने छैन । र, म म्याद थप्नका लागि तयार पनि छैन ।’

सो कार्यक्रममा खेलकुद परिषदका सदस्य दिपेन्द्र बिष्ट लगायतको सहभागीता थियो । नेपालगंज निवासी बिष्टले सो आयोजना समयमै सम्पन्न गरिने बताए ।

Nabintech