१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज मेडिकल कलेजको  व्यवस्थापन सम्हाल्दै व्यवसायी खुमा अर्याल


पश्चिम नेपालको सर्वाधिक ठुलो निजी  शिक्षण अस्पताल नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन नयाँ लगानी कर्ताको नेतृत्वमा गएको छ।

व्यवसायी खुमा अर्यालले थप एकचालीस प्रतिशत शेयर खरिद गरेसँगै उनीसँग जम्मा एकाउन्न प्रतिशत शेयर स्वामित्व रहेको छ।  २०५२ सालमा स्थापना भएको नेपालगन्ज मेडिकल कलेजमा व्यवस्थापन तर्फ डा. सुरेश कुमार कनोडिया को वर्चस्व रहेको थियो।

एकहजार बढी मानव जनशक्ति लाई रोजगारी दिएको  मेडिकल कलेजमा  व्यवस्थापन परिवर्तनले  सेवा प्रवाहमा सुधार गर्दै , थप विशिष्ट सेवा सञ्चालन हुनेछ ।

Nabintech