१४ बैशाख २०८१, शुक्रबार
सामुहिक बलात्कारको सिकार बनेकी नाबालिकाले न्याय नपाएको गुनासो


फागुन २४ गते नेपालगंजमा नाबालिका माथि भएको सामुहिक बालात्कारको घटनाका दोसी लाई कार्यवाही र पिडीत किसोरी लाई न्यायको माग गर्दै सरोकार वाला निकायको ध्यानाकर्षण गराईएको छ । मेचि महाकाली बुहारी सयुक्त आवाज बाँके र अन्तरपार्टी महिला संञ्जाल बाँकेले जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाको निष्पक्ष छानबिन र दोसी लाई कार्यवाहीको माग गरेका हुन ।

फागुन २४ गते नारि दिवसको दिन बागेश्वरी मन्दिरमा आएका ४  जनाले १३ बर्षिय बालीकालाई अपहरणको शैलीमा बन्दक बनाएर बलात्कार गरेको बालीकाका आफन्तले बताएका छन ।
बालिका बागेश्वरी मन्दिरमा माला किन्न गएको अवस्थामा ४ जनाले बालिका बलात्कार हुनुले छोरी असुरक्षित हुँदै गएको आभास गएको मेचि महाकाली बुहारी सयुक्त  आवाज बाँकेकी अध्यक्ष उर्मिला अधिकारी पाण्डेले बताई । बढ्दो विकृतिको रोकथामको निम्ती राज्य स्तरबाट नै यस तर्फ सतर्ककता अपनाउन र बलात्कारको शिकार बनेकी बालीका लाई न्याय दिन उनले माग गरिन ।
यस बिच बालीकाका अभिभावकले राज्यका निकायहरु नै बलात्कारीहरु लाई संरक्षण गर्न लागि परेको आरोप लगाएका छन ।
बिहीवार नेपालगंजमा सञ्चारकर्मिमाझ उनीहरुले बालीकाको बयान लाई लाई नै तोड मोड गरी पिडक लाई उन्मुक्ति दिन राज्यका निकाय लागी परेको उनले बताईन ।
राजनैतिक आडमा पिडक लाई संरक्षण दिन खोजिएको उनको भनाई थियो ।
१३ बर्षिय बालीकाले आफु बलात्कृत भएको बताई रहदा अदालतले आरोपित हरु लाई अनुषन्धान नगरी छाडिदिदा आपराधिक मानसिकता बढने उनको भनाई छ ।
४ जना आरोपी मध्ये १  लाई अदातलते बाल संरक्षण गृह पठाएको र अन्य ३ जना लाई आफन्तको जिम्मा छाडि दिएको पिडीतको आफन्तको भनाई छ । प्रहरीले अनुषन्धन सहि ढंगले नगरिदिएको उनिहरुको भनाई छ ।
नेपलागंज १८ कि १३ बर्षिय बालीका माथि ४ जनाले सामुहिक बलात्कार गरेको पिडित बालीकाको भनाई छ ।

Nabintech