१५ बैशाख २०८१, शनिबार
मेयर आचार्यको मौखिक आदेशमै आयोजना कार्यान्वयन हुने स्थान परिर्वतन


कोहलपुर नगरपालिकाका प्रमुख (मेयर)को मौखिक आदेशमै आयोजना कार्यान्वयन हुने स्थान परिर्वन हुने गरेको पाईएको छ ।
कोहलपुर नगरपालिकाले यस आर्थिक बर्षमा राजमार्ग जोड्ने सडक भन्दै बिभिन्न सडकहरुको स्तर उन्नती सुरु गरेको थियो । सोही अन्तर्गत  कोहलपुर नेपालगंज सडकखण्ड अन्र्तगत राधा प्रतिक्षालय देखि पश्चिम तर्फ जाने सडक कालोपत्रे गर्ने योजना छनोट गरियो ।
योजना छनोट भई टेण्डर समेत भई सकेको अवस्थामा मेयर प्रमुख पुर्ण प्रसाद आचार्यको मौखिक आदेशमा सो सडक राजमार्ग साईड बाट कालोपत्रे नगरी नमस्ते नेपाल यातायत प्रालिको भवन नजिक बाट कालोपत्रे गर्न सुरु गरिएको छ ।
कोहलपुर नगरपालिका ईन्जिनियर बाल कृष्ण महतराले राजमार्ग साईड बाट पिच गर्न बिवाद भएको भन्दै मेयर प्रमुख सापको निर्देशनमा नमस्ते नेपाल यातायातको भवन भएको स्थान तर्फ बाट कालोपत्रे गर्न सुरु गर्न लागिएको बताए ।
नमस्ते नेपाल भएको साईड बाट कालोपत्रे गर्दा मुख्य राजमार्ग नभेटने उनले बताए । १ सय ९० मिटर कालोपत्रे गर्न टेष्डर गरिएकाले मुख्य राजमार्ग भन्दा झण्डै १ सय मिटर बाटो कालोपत्रे गर्न बाँकी रहने उनको भनाई छ ।
कोहलपुर नगरपालिका वडा नं १० का वडा सदस्य भिम प्रसाद पौडेलले राजमार्ग साईड बाट पिच गनुपर्ने नेपाल रेकर्ड लाई बताए । उनले आयोजनाको नाम नै राजमार्ग जोडने र राधा प्रतिक्षालय बाट सुरु हुने लेखिएकाले सोहि अनुसार हुनु पर्ने पक्षमा आफुहरु रहेको बताए ।
तर मेयर साहेवको आदेशमा बिच बाट सुरु गर्ने भन्ने कुरा आएको उनको स्विकारोक्ति थियो ।
स्थायिनका पिडा
कोहलुर नगरपालिकाले राजमार्ग जोडने सडक स्तरउन्नती भन्दै ७ स्थानका लागी टेण्डर आवहान गरेको थियो ।
कोहलपुर २ को ध्रुब आचार्य र कमल शाही को घरजाने बाट कालोपत्रे र नालि निर्माण , कोहलुर ११ को हिरो मोटरसाईकलको सो रुम भएको घर देखि पश्चिम तर्फ जाने सडकको नालि निर्माण , कोहलुर ११ को बाल बिद्या स्कुल जाने बाटो कालोपत्रे , कोहलपुर १० को राधा स्मृति प्रतिक्षालय देखि पश्चिम तर्फ जाने सडक कालोपत्रे , सहकर्मि समाजको भवन नजिकको बाटो कालोपत्रे , दोण जोशीको घर देखि हनुमान मन्दिर जाने बाट कोहलुर ३ र सिदार्थ नगर टोल जाने बाटो कालोपत्रे गर्नका लागी टेण्डर भए ।
राधा प्रतिक्षालय देखि पश्चिम जाने बाटो कालो पत्रे गर्नका लागी ग्राबेल समेत हालियो , झण्डै २ हप्ता सम्म बाटोमा थुपारिएको ग्राबेलका बिच असहजका बिच आवत जावत गरे ।
तर २ हप्ता पछि सडकको ग्राबेल फेरी उठाएर अन्यत्र सारिएको स्थानिय तारा बहादुर रानाले बताए । उनले कालोपत्रे हुने भएपछि उत्साहि भएका स्थानिय फेरी निरास भएको बताए । राजमार्ग जोडने सडक भन्दै छुटाईएको बजेट सोही अनुसार कार्यान्वयन हुनु पर्ने स्थानियको माग रहेको उनको भनाई छ ।
मेयर साप वा अन्य कसैको व्यक्तिगन ईन्ट्रेस्टमा आयोजना अन्यत्र सञ्चालन गनु गलत भएको उनको भनाई छ ।
अहिले राधाप्रतिक्षालय साईड तर्फको सम्पुर्ण ग्राबेल उठाएर अन्यत्र लगिएको उनले जानकारी दिए ।

Nabintech