१४ बैशाख २०८१, शुक्रबार
श्रीमानले जलाउँदा घाइते भएकी महिलालाई थप उपचारका लागी काठमाडौं पठाइयो


नेपालगन्ज / श्रीमानलेआइतबार राति पेट्रोल छर्केर आगो लगाउँदा जलेकी कोहलपुरकी महिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । कोहलपुर नगरपालिका वडा नं। २ का भानुभक्त विकले २६ वर्षीय पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

आगोले जलेर घाइते भएका प्रिन्सको सोमबार मृत्यु भइसकेको छ । लुम्बिनी प्रदेश मन्त्री एंव मेची महाकाली बुहारी सयुक्त आवाज बाँकेकी सल्लाहकार कृष्ण केसी नमुनाको बिशेष पहलमा गम्भीर घाइते रहेकी गंगालाई थप उपचारका लागि मंगलबार दिउँसो काठमाडौं पठाइएको हो ।
मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेको निरन्तर खवरदारी पछि जलेर घाईते भएकी गंगा लाई थप उपचारका लागी काठमाण्डौ पठाईएको हो । काठमाण्डौ लैजान आई एन एफ बाँकेकले निशुल्क एम्बुलेन्स र कोहलपुर नगरपालिका वडा नं २ ले एम्बुलेन्सका लागी ईन्धन सहयोग गरेको संस्थाकी अध्यक्ष उर्मिला अधिकारी पण्डेले बताईन ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार घाँटी, ढाडसहित शरीरको १८ प्रतिशत भाग जलेकी गंगालाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं रिफर गरिएको हो ।

कोहलपुर प्रहरीले पत्नी र छोरालाई आगो लगाउने विकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।आइतबार ६ बजेतिर घरमा पति भानुभक्त विकले पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।

घाईतेको उपचारमा संघिय सांसद सुर्य ढकाल , बाँकेका प्रमुख जिल्ला अधिकारी लगायतले चासो व्यक्त गर्दै आएका छन ।

Nabintech