१९ बैशाख २०८१, बुधबार
मेचि महाकाली बुहारी आवाज द्धारा गंगाको उपचार अभाव हुन नदिन अस्पताल प्रशासनको ध्यानाकर्षण


श्रीमान द्धारा पेट्रोल छर्किएर आगो लगाईएकी कोहपलुर नगरपालिका २ शक्तिनगरकी गंगा बिकको उपचार अभाव हुन नदिन मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

आईतवार गंगा र २ वर्षिय छोरा प्रिन्स विक लाई श्रीमान भानुभक्त विकले पेट्रोल छर्किएर आगो लगाएक थिए । आगो लगाए पछि २ बर्षिय छोराको सोमवार मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
गंगाको भेरी प्रदेशिक अस्पताल नेपालगंजमा उपचार भई रहेको छ ।

मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेको टोलिले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाई लाई भेट गरि उपचार अभाव हुन नदिन ध्यानाकर्षण गराएको संयोजक उर्मिला अधिकारी पाण्डेले जानकारी दिईन ।
डा चापागाईले उनको उपचारमा कुनै अभाव हुन नदिने बताएका थिए ।
गंगाको घाटिको ४६ प्रतिसत भाग जलेकाले अवस्था गम्भिर हरेको अस्पतालले जनाएको छ । उनको आई सि यु कक्षमा उपचार भई रहेको छ ।
पिडीत गंगाले श्रीमानले १ बर्ष देखि बिभिन्न वहानामा याताना दिने गरेको बताएकी थिईन ।

घटना लगतै फरार रहेका भानुभक्त लाई नेपाल भारत सिमा क्षेत्र बाट आईतवार राति प्रहरीले पक्राउ गरेको थियो ।

मेचि महाकाली बुहारी सयुक्त आवाजको टोलिका साथ बाँके क्षेत्र नं १ का संघिय सांसद सुर्य ढकालको पनि सहभागीता रहेको थियो ।

Nabintech