१४ बैशाख २०८१, शुक्रबार
बाल बिवाह रोक्न खजुरा ५ मा उपहार दिने कार्यक्रम

खजुरा ५ का वडा अध्यक्ष गरिबे शेषले २० बर्ष उमेर पुगेपछि बिवाह गर्ने जोडी लाई सम्मान स्वरुप उपहार दिने कार्यक्रम अगाडी ल्याईएको जानकारी दिए



खजुरा गाँउपालिका वडा नं ५ ले बाल बिवाह रोक्न उमेर पुगेर बिवाह गर्ने जोडी लाई उपहार दिने कार्यक्रम ल्याएको छ ।
खजुरा ५ का वडा अध्यक्ष गरिबे शेषले २० बर्ष उमेर पुगेपछि बिवाह गर्ने जोडी लाई सम्मान स्वरुप उपहार दिने कार्यक्रम अगाडी ल्याईएको जानकारी दिए । उनले उपहार स्वरुप ग्यास चुल्हो सेट दिने योजना रहेको जानकारी समेत दिए ।


सो वडामा झण्डै ७० प्रतिसत मधेसी र मुश्लिम समुदायको बसोवास रहेको र सो समुदायमा बाल बिवाह गम्भिर समस्या रहेकाले उपहार दिने कार्यक्रम ल्याउनु परेको उनको भनाई छ ।
कानुनको डण्डा लगाएर मात्रै बाल बिवाह रोक्न समस्या परेको भन्दै उपहार कार्यक्रमले बाल बिवाह न्युनिकरणमा सहयोगी हुने उनको भनाई छ ।
माघ महिना देखि सुरु गरिएको कार्यक्रममा सहभागी उनले सार्वजनिक सुचना जारि गरेको समेत बताएका छन । उनले उमेर खुल्ने प्रमाण सहित निबेदन दिन समेत वडाबासी लाई आग्रह गरेका छन ।
यस अघि खजुरा ५ लाई पुर्ण रुपमा निशुल्क वाईफाई सुबिधा पुर्याएका शेषले बिपन्न र आर्थिक अवस्था कमजोर भएकाहरु लाई प्राथमिकतामा राखेर लोक कल्याणकारी कार्यक्रम सुरु गरेको जानकारी दिए । उनले ९ कक्षा भन्दा माथि अध्यन गर्ने युवा युवती लाई निशुल्क साईकल , सबै बिद्यार्थी निशुल्क ड्रेस ,झोला, सुत्केरी लाई पोषण युक्त खानेकुरा ,कम्वल बितरण गरेको जानकारी दिए ।

Nabintech