१४ बैशाख २०८१, शुक्रबार
खजुरा २ मा जेष्ठ नागरिक, अपाङ्गता, विपन्न नागरिकहरुलाई कम्मल वितरण


बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ले जेष्ठ नागरिक, अपाङ्गता, विपन्न नागरिकहरुलाई कम्मल वितरण गरिएको छ।

मंगलबार खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विक जेष्ठ नागरिकलाई कम्मल वितरण गरेर सुरु गरिएको छ। उक्त कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर २का अध्यक्ष धनीराम वली, उपाध्यक्ष मन्जु मल्ल ,समाजिक बिकास संयोजक कृष्ण कुमारी पोख्रेलको सहभागीता रहेको थियोे । गाउँपालिकाको विपद व्यवस्थापन समितिखजुरा २ मा जेष्ठ नागरिक, अपाङ्गता, विपन्न नागरिकहरुलाई कम्मल वितरण

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ले जेष्ठ नागरिक, अपाङ्गता, विपन्न नागरिकहरुलाई कम्मल वितरण गरिएको छ। मंगलबार खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विक जेष्ठ नागरिकलाई कम्मल वितरण गरेर सुरु गरिएको छ। उक्त कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर २का अध्यक्ष धनीराम वली, उपाध्यक्ष मन्जु मल्ल ,समाजिक बिकास संयोजक कृष्ण कुमारी पोख्रेलको सहभागीता रहेको थियोे । गाउँपालिकाको विपद व्यवस्थापन समितिले पुस १४ गते गरेको निर्णय अनुसार वडामै न्यानो कम्बल वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।

विपद व्यवस्थापन समितिमार्फत गाउँपालिकाले हरेक वडामा माग भए बमोजिम अधिकतम ५० वटाका दरले वितरण प्रक्रिया सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जनाए । खजुरामा रहेका ८ वटै वडामा वितरण गर्न लागिएको कम्बल जेष्ठ नागरिक, अपाङ्गता, विपन्न नागरिकहरुलाई चार सय जनालाई वितरण गरिने गरि निर्णय भएको खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विकले बताए ।

गाउँपालिकाले आर्थिक स्थिती कमजोर हुने विपन्न नागरिकलाई विशेष सेवा दिने उदेश्यले विपत व्यवस्थापन समिति मार्फत हरेक वडामा न्यानो कम्बल वितरण गरिएको अध्यक्ष विकले बताए । यस अघि वडा नम्बर १ र वडा नम्बर ६ मा न्यानो कम्बल वितरण कार्य सम्पन्न भैसकेको र अन्य वडामा पनि वितरणको कार्य भैरहेको गाउँपालिकाले जनाएको छ ।

 पुस १४ गते गरेको निर्णय अनुसार वडामै न्यानो कम्बल वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।विपद व्यवस्थापन समितिमार्फत गाउँपालिकाले हरेक वडामा माग भए बमोजिम अधिकतम ५० वटाका दरले वितरण प्रक्रिया सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जनाए । खजुरामा रहेका ८ वटै वडामा वितरण गर्न लागिएको कम्बल जेष्ठ नागरिक, अपाङ्गता, विपन्न नागरिकहरुलाई चार सय जनालाई वितरण गरिने गरि निर्णय भएको खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विकले बताए ।

गाउँपालिकाले आर्थिक स्थिती कमजोर हुने विपन्न नागरिकलाई विशेष सेवा दिने उदेश्यले विपत व्यवस्थापन समिति मार्फत हरेक वडामा न्यानो कम्बल वितरण गरिएको अध्यक्ष विकले बताए । यस अघि वडा नम्बर १ र वडा नम्बर ६ मा न्यानो कम्बल वितरण कार्य सम्पन्न भैसकेको र अन्य वडामा पनि वितरणको कार्य भैरहेको गाउँपालिकाले जनाएको छ ।

Nabintech