१४ बैशाख २०८१, शुक्रबार
भुवर भवानी माघी मेलामा यस बर्ष चर्चित कलाकारसंगै थारु गाउँ पनि


यस बर्षको भुवर भवानी मेला भब्य हुने भएको छ । राप्ती सोनारी ३ भुवर भवानी मन्दीर परिसरमा यहि पौष २९ देखि माघको ४ गते सम्म लाग्ने माघी मेला विगतका बर्ष भन्दा भब्य हुने आयोजकले दावी गरेको छ । माघी मेलामा राष्ट्यि स्तरका ख्याती प्राप्त थारु कलाकारहरुको बेजोड प्रस्तुती संगै थारु गाउँ पनि रहने मेला समितिका अगुवा विश्व सागर परियारले जानकारी दिए । यस बर्ष नयाँ अभ्यासको रुपमा थारु गाउँको छुट्टै स्टल राखेर थारु गाउँ सन्चालनमा ल्याउने उनको भनाई थियो । थारु गाउँमा चर्चित कलाकारहरु पनि आउने उनले जनाए । हरेक बर्ष भन्दा ब्यवस्थीत रुपमा मेला लाग्ने उनको दावी छ । मेलामा करिव ५ सय स्टल रहने दावी गर्दै माघी मेलालाई महोत्सवकै रुपमा लैजाने तयारी गरेको मुल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिए ।

थारु जातीहरुको महान पर्व माघीको अवसरमा हरेक बर्ष भुवर भवानी मन्दीर परिसरमा मेला लाग्दै आएको छ । संयोजक परियारले मेला महोत्सवको तयारी तिव्र पारिएको उल्लेख गरेका छन् । उनले भने यति बेला मन्दिर रंगरोवन, फिल्ड ममर्त र स्टल दर्ताको काम भइरहेको छ, यस बर्ष अहिले सम्मकै ठुलो र भब्य हुने छ । दिन र रातमा बराबर चल्ने मेलामा सुरक्षाको प्रवन्ध मिलाइएकोले ढुक्क भएर मेलामा व्यवसाय गर्न आउन र दर्शकहरुलाई आह्वान समेत आयोजकले गरेको छ । मेलामा नौटंकी नाचको पनि ब्यवस्था गरिएको छ । मेलामा हरेक बर्ष झै प्रवेश निशुल्क गरिएको छ । २०१३ सालमा स्थापना भएको भुवर भवानी मन्दीर जिल्लाकै दोस्रो ठुलो मन्दिरको परिचित छ । मेला लाग्ने समयमा भारत तथा नेपाल बाट हजारौंको संख्यामा दर्शक तथा भक्तजनहरु आउने गरेका छन् । यस बर्ष भुवर भवानी मन्दीर व्यवस्थापन समितिले राप्ती सोनारी गाउँपालिका वडा न।३ को कार्यालयको समन्वयमा परियारलाई ४ लाख ५५ रुपैयाँमा ठेक्का दिएको थियो ।

Nabintech