१४ बैशाख २०८१, शुक्रबार
गलत व्यक्ति नगर प्रमुखमा चुनिदा विकासको गती रोकियो : मन्त्री अथक


नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका नेता एंव युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले गलत व्यक्ति नगर प्रमुखमा चुनिएर जाँदा कोहलपुरको बिकासले गतीलिन नसकेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर २ ले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । उनले कोहलपुर पश्चिम नेपालमै सम्भावना बोकेको शहर भएको बताउँदै अगामी स्थानीय तहको निर्वाचन मार्फत जुझारु युवा नेतृत्वलाई नगरपालिकाको जिम्मा दिन आग्रह गरे । उनले आफ्नो कार्यकाल अझै १ बर्ष बाँकी भएको भन्दै युवा नेतृत्व कोहलपुर नगरपालिकामा निर्वाचित भए आफ्नो पार्टीको नेतृत्वमा रहेको भुमीसुधार मन्त्रालय मार्फत कोहलपुरका भुमिहीन सुकुम्वासी र अव्यवस्थीत वसोवासीलाई लालपुर्जा बितरण गर्ने बताए । आफ्नो मन्त्रालय मार्फत कोहलपुरमा नगर स्तरयीय रंगशाला, कवर्डहल, अन्तराष्ट्रिय स्तरको क्रिकेट एकेडमी र क्रिकेट मैदान निर्माणको चरणमा रहेको जानकारी दिए । उनले नरेन्द्र न्यौपाने मेयरमा बिजय भए आफुले सिहदरवार बाट अधिकतम प्रयास गर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एंव प्रदेश संसद उषा पुनले कोहलपुरको बिकासको लागी अधिकतम प्रयास गरिएको बताईन ।
कार्यक्रम बोल्दै माओवादी केन्द्रका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले संघिय र प्रदेश सरकारको सहयोगमा माओवादी केन्द्रले थुप्रै बिकासको कामहरु गरेको बताए । उनले कोहलपुरमा बिधुन कार्यालय , ईलाका प्रशासन , नपि तथा मालपोत कार्यालय स्थपनाको नितीगत निर्णय भएको बताउदै अवसर पाएमा कोहलपुरलाई नमुना नगरपालिका बनाउने बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुसासन कायम गर्दै अगाडी बढाउने बताए । उनले १ बर्ष भित्र भुमिहीन सुकुम्वासी र अब्यवस्थीत बसोवासी लाई जग्गाधनि प्रमाण पुर्जा बितरण गर्ने लगायतका काम गरिने बताए ।

Nabintech