१४ बैशाख २०८१, शुक्रबार
शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको पहिलो काम  : प्रहरी नायव उपरिक्षक मल्ल


कोहलपुर/ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको पहिलो काम भएको बताएका छन् । भर्खरै सरुवा भएर ईलाका प्रहरी कार्याल कोहलपुरको प्रमुखको रुपमा आएका प्रहरी नायव उपरिक्षक मल्लले राजनीतिक दलका नेता,उद्योगी व्यवसायी,संघ संस्थाका प्रतिनिधी र स्थानीयहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको पहिलो कर्तव्य भएको बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा कोहलपुरका स्थानीयले अनुभुती गर्ने गरी प्रहरीले नागरिक सेवा प्रदान गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै कसर वाँकी नराख्ने बताएका छन् । कोहलपुर क्षेत्रमा समस्याको रुपमा देखापरेका चोरी डकैती,लुटपात, हत्या,लागुऔषध दुर्व्यसन जस्ता अपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न प्रतिवद्ध रहेको बताए । प्रहरी नायव उपरिक्षक मल्लले समाजमा देखा पर्ने समस्या समाधानमा नागरिक स्तरबाट पनि सहयोग हुने अपेक्षा राखेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले समाजमा शाान्ति सुरक्षा कायम गर्ने क्रममा र अपराधिक गतिविधिहरु निरुत्साहीत गर्न कोहलपुर प्रहरीलाइ कुनै समस्याहरु परे पहल गर्न तयार रहेको बताएका छन् । उनले कुनै पनि घटनाका नाममा प्रहरी अनुसन्धानका क्रममा नागरिकलाइृ अनावश्यक दुःख दिन नहुने र अपराधी उम्कने र पिडिलले न्याय नपाउने खालका काममा प्रहरी सचेत हुदै घटना अनुसन्धानलाइ गंभिर रुपमा अगाडी बढाउनु पर्ने बताए ।


कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापती पोषण के.सी,बलराम शर्मा,विरेन्द्र शाह,नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भुषाल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेल लाएतका नेताहरुले कोहलपुर क्षेत्रमा देखिने गरि र स्थानीयहरुले शाान्ति सुरक्षाको प्रत्याभुती पाउने गरी काम गर्न आग्रह गरेका थिए ।

Nabintech