१५ बैशाख २०८१, शनिबार
लामा पुन : माओवादी केन्द्रमा  फर्किइन


माओवादी केन्द्र पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेकी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ की महिला नेतृ तृष्णा स्यानताङ लामा पुनः माओवादी केन्द्रमा  फर्किएकि छन।

नेतृ लामा बिहिवार राप्तिसोनारी-६ सहिद स्मृति पार्कमा आयोजित एक कार्यक्रमबीच पुनः आफ्नै घर माओवादी केन्द्रमा फर्किएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अमर खड्काले जानकारी दिए ।

नेतृ लामालाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयोजक आइपी खरेल, प्रदेश सदस्य अमर खड्का, पट्टु थारु, मन्जु रोकाय, गाउँपालिका अध्यक्ष चिमबहादुर घर्ती लगायत मार्फत स्वागत गरेका थिए ।
नेतृ लामाले केही समय पहिले पार्टी प्रति आफ्नो केही असन्तुष्टि रहेको भन्दै माओवादी छाडेर काँग्रेस प्रवेश गरेको बताइन । राप्तीसोनारीको राजनितीमा महिला नेतृ लामाको ठूलो प्रभाव रहेको स्थानीय बताउँछन् । नेतृ लामा संगै नेपाली कांग्रेस परित्याग गरि सुन्दरी थारु, पिनि थारु, निर्मा थारु, रामदिन थारु, सुरेन्द्र चौधरी, रामलखन थारु, पृथ्वी थारु<span;> लगायत दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा पर्वेश गरेका गाउपालिका सचिव सुर्यप्रकाश घर्तिले बताए ।

Nabintech