१४ बैशाख २०८१, शुक्रबार
माओवादीको पहलमा कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना हुने

 अर्थ मन्त्रालयद्धारा श्रोत सुनिश्चित, कोहलपुर नगरपालिकाले भवन उपलब्ध गराए लगतै कार्यालय स्थापना हुने



कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना हुने भएको छ । माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेको विशेष पहलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र भुमि सुधार मन्त्री शसि श्रेष्ठको सक्रियतामा यस अघि नेपाल सरकारको क्याबिनेट बाट निर्णय भएको नापी तथा मालपोत कार्यालय स्थापना गर्नका लागि अर्थ मन्त्रालयले श्रोत समेत सुनिश्चित गरि सकेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।


अर्थमन्त्री जर्नादन शर्माले कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापनाका लागी आवश्यक बजेट सुनिश्चित गरिदिएका हुन । लामो समय देखी कोहलपुर बासीले उठाउदै आएको माग र मुद्धालाई माओवादी केन्द्रको भुमिसुधार मन्त्री हुदा टुंगोमा पुर्याउन सफल भएको युवा नेता न्यौपानेको भनाई छ । कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना भए संगै कोहलपुरको आर्थिक गतिबिधी चलायमान हुने स्थानीय बासिन्दाको भनाई रहेको छ । यस अधि माओवादी कै पहलमा कोहलपुरमा ईलाका प्रशासन कार्यालय, विद्युत बितरण कार्यालय लागतयका सरकारी कार्यालयहरु स्थापना भई सकेका छन ।

Nabintech