१४ बैशाख २०८१, शुक्रबार
कहिले आउला कोहलपुर नगरपालिकाको एम्बुलेन्स ?


कोहलपुर /विगत २ बर्ष देखि देश कोरोना महामारी संग जुधिरहेको छ । दैनिक सयौं मानिसहरु संक्रमित हुने उपचारको लागि स्वाथ्य संस्थामा जाने गरेका छन । तर बिडम्बना नै भन्नु पर्छ जनताको सरोकारसंग जोडिएको कोहलपुर नगरपालिकासंग एम्बुलेन्स नै छैन । कोहलपुर नगरपालिका नगर स्वाथ्य शाखाको यस अघि प्रमुख रहिसकेका डिल्ली राज पोख्रेलले एम्बुलेन्स नहुने तराईको एक मात्र नगरपालिका कोहलपुर नगरपालिका रहेको बताउछन् । नगरपालिकाले समान्य अवस्थामा पनि एम्बुलेन्स सञ्चालन गनु पर्नेमा विश्वव्यापी महामारीको समयमा समेत एम्बुलेन्स खरिद नर्गनु लाजमर्दो बिषय भएको उनको भनाई । कोहलपुर नगरपालिकाले एम्बुलेन्स खरिद गर्न किन तदारुकता नदेखाएको हो भन्ने चासोको बिषय बनेको छ ।
कोहलपुर नगरपालिका आर्थिक बिकास शाखा प्रमुख डिल बहादुर परियारले कर्मचारीको ढिला सुस्तिका कारण एम्बुलेन्स खरिद प्रक्रियामा ढिलाई भएको बताउछन् । सुविधायुक्त एम्वुलेन्स खरिदको टेण्डर भई सकेको उनको भनाई छ । मंगलवार समाजिक सञ्जालमा एक स्टाटस लेख्दै परियारले कोरोनाको तेस्रो लहर फैलिई सक्यो तर एम्बुलेन्स आउदैन ! कहिले भन्सार छुटका नाममा, कहिले स्तरीय एम्बुलेन्स खरिद गर्ने बहानामा खरिद हुन नसक्ने तर नीजिले तुरुन्तै खरिद गर्न सक्ने ! बुझ्नै नसकिने खरिद प्रक्रिया ! भदौमा टेण्डर अहिलेसम्म ………? गत बर्ष नगरपालिका र रेडियो प्रतिबोधले सँग सँगै खरिद प्रक्रिया शुरू गरेका थिए तर नगरपालिकाले खरिद गर्न सकेन रेडियो प्रतिबोधले एम्बुलेन्स खरिद गरेर संचालन गरि सक्यो ! धन्य हो सिंहहरू…………………..जनमुखी काममा ध्यान, समय र कानुन बाधक हुने ! लास्टमा स्तरीय खरिद गर्न नसकि झण्डै मासिक रू.१ लाखमा थोत्रो एम्बुलेन्स भाडामा लिई काम चलाउने !

कोहलपुर नगरपालिकाले आफैले एम्वुलेन्स खरिद गरेर सञ्चालन नगरेको भएपनि महामारीको समयमा भने मासिक १ लाख भाडा तिरेर एम्वुलेनस सञ्चालन गरेको थियो । हाल सम्म भाडामा एम्वुलेनस सञ्चालन गरेवापत १५ लाख बढि रुपैया भुक्तानि गरि सकेको छ । त्यसो त कोहलपुर नगरपालिकाको जनसरोकारका मुद्धाहरुमा खासै ध्यान गएको छैन । कोहलपुर नगरपालिकामा प्रमुख र उपप्रमुख चढने अलग अलग सवारी साधन हुदा हुदै अर्कोै सुबिधा युक्त क्रेटा कार खरिद गरेपछि व्यापक आलोचना भएको थियो । सोहि आलोचनाबाट बच्न नगरपालिको एम्वुलेन्स खरिद गर्ने निर्णाय गत भाद्रमा गरेको थियो । महामारिको समयमा एक सामुदायिक संस्थाको भबनमा अस्थाई कोभिड अस्पताल सञ्चालन गरेर कोहलपुर नगरपालिकाले आफ्नो लाज ढाकेको थियो । योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी अवस्थामा रहेको भवन लाई कोभिड अस्थाई अस्पतालका रुपमा सञ्चालन गरिएको थियो ।

कहाँ रोकियो एम्वुलेन्स खरिद प्रक्रिया ?
कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले हतारमा टेण्डर गरेकाले एम्वुलेन्स खरिद प्रक्रिायमा ढिलाई भएको बताए ।
उनले आफु आउदाको दिन देखिनै सो बिषयमा चासोका साथ काम गरेको बताउदै जिल्ला एम्वुलेन्स सञ्चालन समिती बाट बुधवार मात्रै सिफाँरीस लिएको बताए । जिल्ला एम्वुलेन्स सञ्चालन समितीकोको सिफारिस पछि प्रदेश स्वाथ्य मन्त्रालय , संघिय स्वाथ्य मन्त्रालय हुदै अर्थ मन्त्रालयमा पुगरे भन्सार छुटको प्रक्रिया टुंगिने बताउदै त्यसो नगरी सिधै टेण्डर गरिएकाले खरिद प्रक्रियामा ढिलाई भएको बताए ।

Nabintech